अरु देशको नागरिकता लिनेहरु भूपू नेपाली हुन् : मन्त्री लालबाबु पण्डित(अन्तर्वार्ता)

ENGLISH

INTERVIEW

अरु देशको नागरिकता लिनेहरु भूपू नेपाली हुन् : मन्त्री लालबाबु पण्डित(अन्तर्वार्ता)

विजय थापा

7 June, 2018 | Sandeep Bhattarai | 8940 Views | comments

लालबाबु पण्डित

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिदेशको नागरिकता लिने तर नेपालको माया लाग्दछ भनेर झुट नबोल्न विदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन् । अमेरिकाबाट सञ्चालन हुने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि विशेष अन्तर्वार्ता दिदैं मन्त्री पण्डितले अरु देशको नागरिकता लिनेहरुलाई आफूले भुपु नेपाली भन्ने गरेको समेत प्रस्टाएका छन् ।

ग्रिनकार्ड तथा पिआर लिने नेपालीहरुप्रति कडा रुपमा प्रस्तुत हुंदै आएका पण्डितलाई तपाई ग्रिनकार्ड लिने नेपालीको किन विरोध गर्नुहुन्छ भन्ने प्रश्नमा आफू ग्रिनकार्ड लिने नेपालीको विरोधी नभएको तर अरु देशको नागरिकता लिएर नेपाल र नेपालीलाई गाली गर्नेहरुको कडा विरोधी भएको जनाएका छन् ।

ठूला देशमा पुगेका र त्यहिको नागरिकता वा स्थायी बसोबास पत्र लिएका कतिपय नेपालीहरुले नेपालमा बस्नेहरुले केहि पनि जान्दैनन् र नेपाल खत्तम छ जस्तो अभिब्यक्ती दिंदा आफुलाई धेरै चित्त दुख्ने गरेको मन्त्री पण्डितले बताएका छन् ।

कार्यक्रम प्रस्तोता सूर्य थापासंग गरिएको ३५ मिनेट लामो सम्बादमा मन्त्री पण्डितले आफुले विदेशको नागरिकता लिनेहरुले पैत्रिक सम्पत्तिमा हक नलाग्ने कानुन बनाउने तयारी गरेको समेत घोषणा गरेका छन् ।

अरब लगायतका खाडी मुलुकमा रहेका नेपालीहरु र देशप्रेमी नेपालीहरुले आफूलाई धेरै माया गर्ने गरेको बताउंदै मन्त्री पण्डितले अमेरिका लगायतका देशबाट पनि आफू बाट प्रभावित भएर युवाहरु नेपाल फर्कन लागेको समेत बताएका छन् । आगाी दश बर्षमा नेपालबाट युवाहरु विदेशीनु नपर्ने माहौल बनाउने आफ्नो योजना समेत पण्डितले सुनाएका छन् । चालिस कटेपछि रमाउंला भन्ने गीत सुनेर आफू धेरै पटक रोएको पनि पण्डितले कार्यक्रम सुनाएका छन् ।

मन्त्री लालबाबु पण्डितसंग गरिएको पूरा कार्यक्रम हेर्नुहोस् :

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK