अम्बरका छोरा भन्छन्– बाबाको ठूलो सपना थियो

ENGLISH

अम्बरका छोरा भन्छन्– बाबाको ठूलो सपना थियो

7 June, 2016 | Bhawana Pathak | 530 Views | comments

वरिष्ठ संगीतकार अम्बर गुरुङमा जेठा छोरा किशोरले बाबाले जहिल्यै ठूलो सपना देखेको बताएका छन् ।

ammar-xora

अम्बरको निधन, अन्तिम संस्कार तथा श्रद्धाञ्जली कार्यक्रमपछि ग्रान्डी अस्पतालमा आयोजित छोटो पत्रकार सम्मेलनमा बोल्दै किशोरले बाबाले ठूलो सपना देखेकैले राष्ट्र र जनताले नबिर्सने गरी सांगीतिक छाप छाड्न सकेको उनले बताए । ‘बाबाको सपना धेरै ठूलो थियो, यो कुरा बाबाले गाउनु भएका र संगीत दिनुभएका गीतबाट पनि तपाईंहरुले बुझ्न सक्नुहुन्छ ।’
मंगलबार बिहान २ बजेर ३७ मिनेटमा ७९ वर्षको उमेरमा निधन भएका राष्ट्रगाकका संगीतकार समेत रहेका गुरुङको पार्थिव शरीर ग्रान्डी अस्पतालबाट बिहान १० बजेर ५१ मिनेटमा निकालिने भएको छ ।

संगीतकारसमेत रहेका किशोरले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अम्बरको पार्थिव शरीरलाई ११ बजेदेखि साढे २ बजेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने भएको छ । त्यसपछि दिउँसो ३ बजेबाट अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने भएको छ ।
-अन्नपूर्ण पोस्ट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK