अमेरिकी राष्ट्रपति चुनावमा दशौँ लाख गैरकानुनी मतदाता

ENGLISH

WORLD

अमेरिकी राष्ट्रपति चुनावमा दशौँ लाख गैरकानुनी मतदाता

25 January, 2017 | arjun baral | 885 Views | comments

voteअमेरिका राष्ट्रपति चुनावमा दशौं लाख गैरकानुनी मतदाताले मतदान गरेको ह्वाइट हाउसले जनाएको छ । नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको नोभेम्बरमा भएको चुनावमा दशौं लाख मतदाताले गैरकानुनी रुपमा मतदान गरेको आरोप लगाउनुभएको थियो ।

ट्रम्पले जिम्मेवारी सम्हाले लगतै ह्वाइट हाउसले चुनावमा दशौं लाख गैरकानुनी मतदाताले मत दिएको अध्ययन तथा प्रमाणले देखाएको दाबी गरेको हो । ह्वाइट हाउसका प्रवक्ता सिन स्पीसरले राष्ट्रपति ट्रम्पले गैरकानुनी मतदाताले मत दिएको बताउँदै आएपनि त्यसबेला पत्रकार समक्ष प्रमाण पेश गर्न नसकेको र उहाँले त्यो विभिन्न अध्ययनकै आधारमा भनेको दाबी गर्नुभयो ।

ट्रम्पलाई मत दिने चाहिँ वैध मतदाता रहेको स्पीसरको दाबी छ । ट्रम्पले सोमबार कांग्रेसका सदस्यलाई तीसदेखि पाचास लाख अवैध आप्रवासीले चुनावमा मत दिएको बताएपछि स्पीसरको यस्तो भनाई आएको हो । तर उहाँले प्रमाण भने प्रस्तुत गर्नुभएन ।

पपुलर मतमा डेमोक्र्याटिक हिलारी क्लिन्टनभन्दा पछि परेपछि ट्रम्पले यस्तो आरोप लगाउँदै आउनुभएको छ । तर उहाँको आरोपको यस अघि नै चुनाव आयोगले खण्डन गरिसकेको छ । राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि पनि प्रमाण बिना आरोप लगाएको भन्दा ट्रम्पको आलोचना भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

थारु महिला माछा मार्दै

थारु महिला माछा मार्दै

कैलालीको लम्कीका थारु समुदायका महिला खोलामा माछा मार्दै ।...

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK