अमेरिकी भूमिमा क्रियाशील अगुवाहरु एनआरएन कार्यदलमा

ENGLISH

NRN GLOBAL

अमेरिकी भूमिमा क्रियाशील अगुवाहरु एनआरएन कार्यदलमा

19 June, 2016 | Bipin Acharya | 510 Views | comments

गैर आवासीय नेपाली अभियानमा महत्वपूर्ण उपलब्धिको रुपमा गणना गरिने मातृभूमिको जारी संबिधानमा प्रवाशी नेपालीको नागरिकता निरन्तरताको मुद्धामा कार्यरत एनआरएनएको नेपाली नागरिकता निरन्तरता कार्यदलको उत्तर अमेरिका संयोजकमा लसएन्जलस निवासी राजेन्द्र सिवाकोटी मनोनित हुनु भएको छ ।

am

सोहि कार्यदलको सदश्यमा न्युयोर्क निवासी अगुवा समाजसेवी संजय थापा सदश्यमा मनोनित हुनु भएको छ । कार्यदलका संयोजक एवं संघका संस्थापक अभियन्ता रामप्रताप थापाका अनुसार नेपालको जारी संबिधानले प्रदत्त गरेको हकलाई सुरक्षित गर्न गैर आवासिय मैत्री कानुन निर्माण गर्न संघले यस अघि जस्तै प्रमूख राजनीतिक दल र कानुन निर्माण गर्ने निकायसंग सहजीकरण गर्ने र विश्व ब्यापी नेपाली डायसपोरासंग बहस र छलफल आरम्भ गर्ने जानकारी दिनु भएको छ ।

संघका सह संयोजक एवं कानुन ब्याबसायी खगेन्द्र जिसीका अनुसार संबिधानमा नेपाली नागरिकता निरन्तरताको मुद्धा सम्बोधन भए पनि कानुन बन्ने प्रक्रियामा गैर आवासिय नेपाली चनाखो हुनु पर्ने र यो कार्यदलले यो मुद्धामा एउटा अभियान आरम्भ गर्ने जानकारी दिनु भयो । यसै बीच लसएन्जलस निवासी अगुवा महिला अधिकारकर्मी उमा थापा कार्की संघको केन्द्रिय महिला कार्यदलको सदश्यमा नियुक्त हुनु भएको जानकारी संयोजक सपिला राजभण्डारीले दिनु भएको छ ।

गैर आवासिय नेपाली अभियानमा नेपाली अमेरिकन महिलालाई संगठित गर्ने अभियानमा उमा कार्की ’थापा’को योगदानलाइ कदर गर्दै उहांलाई कार्यदलको सदश्यमा मनोनित गरिएको संयोजक राजभण्डारीले बताउनु भएको छ । यसै गरी लसएन्जलसलाई कर्मथलो बनाएर नेपाली अमेरिकनको हितमा क्रियाशील अभियन्ता राम लामालाई संघको आर्थिक कार्यदलको सदश्यमा मनोनयन गरिएको संयोजक हिक्मत थापाले जानकारी दिनु भएको छ । भगवान बुद्धको शान्तिको संदेश प्रवाहमा महत्वपूर्ण भूमिका निर्माण गर्दै आएका लामा नेपाल अमेरिका चेम्बर अफ कमर्शका उपाध्यक्ष समेत हुनुहुन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK