अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

ENGLISH

WORLD

buss

अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

18 April, 2018 | Kabi Adhikari | 2970 Views | comments

अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ ।

buss

लामो समयदेखि अस्वस्त रहनु भएकी बुसको ९२ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उपचार गराउन अस्विकार गरेर घरमै आफन्तसँगै बस्न थालेको केही दिनपछि उहाँको अहिले निधन भएको हो । उहाँले जीवनको अन्तिम दिनहरुमा आफन्तसँग बस्न चाहेको भन्दै अस्पतालमा बस्न अस्विकार गर्दै आउनु भएको थियो ।

स्वर्गिय बारबारा बुस उहाँका श्रीमान जर्ज बुस सन् १९८९ र १९९३ मा गरी दुई पटक अमेरिकाको राष्ट्रपति भएका बेला प्रथम पहिलाको रुपमा प्रशंसनीय भूमिका खेल्नु भएको थियो । उहाँ सन् २००१ र सन् २००९ मा राष्ट्रपति हुनुभएका जर्ज डब्लु बुसकी आमा समेत हुनुहुन्छ । श्रीमान् र छोरालाई राष्ट्रपति भएको देख्ने उहाँ एक मात्र अमेरिकी महिला हुनुहुन्छ ।

त्यस बाहेक उहाँ साक्षरता अभियान्ताका रुपमा संसारभरी चिनिनुहुन्छ । उहाँले जीवनको अन्तिम समयसम्म पनि साक्षरता अभियानका बारेमा चिन्ता, चासो र सक्रियता देखाईरहनु भएको बताइएको छ । “जीवनको अन्तिम घडीसम्म पनि उहाँले हामीलाई पथ प्रदर्शकको रुपमा घच्घच्याईरहनु भयो, बारबारा बुस जस्तो आमा पाउनु मेरोलागि भाग्यको कुरा हो, उहाँलाई गुमाउनु पर्दा हाम्रो परिवारले रित्तो महसूस गरेका छौ, साथै उहाँको लागि प्राथना गरिदिनु भएका सवैप्रति हार्दिक धन्यबाद दिन चाहन्छु,” जर्ज डब्लु बुसद्धारा जारी वक्तव्यमा भनिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले पनि उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । राष्ट्रपतिको कार्यालय ह्वाईटहाउसद्धारा जारी वक्तव्यमा उहाँलाई लामो समयसम्म सम्झिरहने र उहाँ सधै अमेरिकी र परिवारको लागि प्रेरणाको श्रोत भईरहने उल्लेख गरिएको छ ।

अमेरिकी पत्रकारहरुको सभामा पहिलो पटक नेजा प्रतिनिधिहरुको सहभागिता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK