अमेरिकी एनआरएनएमा चार अध्यक्षसहित एक सय ६७ जनाको उम्मेदवारी

ENGLISH

NRN GLOBAL

अमेरिकी एनआरएनएमा चार अध्यक्षसहित एक सय ६७ जनाको उम्मेदवारी

22 July, 2017 | Bipin Acharya | 645 Views | comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका निर्वाचन समितिले उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । चार अध्यक्षसहित एक सय ६७ जनाको नाम सार्वजनिक भएको हो ।

बिहीबार मध्यरातमा प्रकाशित नामावलीमा एक सय ६७ जना उम्मेदवारको नाम सार्बजनिक गरिएको छ । एनआरएन अमेरिकाको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष सहित २१ पदका अतिरिक्त अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य एवम् विभिन्न च्याप्टर अध्यक्षका पदका लागि उम्मेदवारी आब्हान गरिएको थियो । अगस्तको ११ र १२ तारिखमा राष्ट्रिय समन्वय परिषद, अमेरिकाको निर्वाचन हुदैछ ।

प्रकाशित नामावलीमा चार जना अध्यक्ष पदका प्रत्यासी रहेका छन् । यद्यपी अत्यधिक चर्चामा रहेका गौरीराज जोशीको नाम भने सुचीमा छैन् । जोशीले उम्मेदवारी दर्ता गरेपनि के कति कारणले प्रकाशित सुचीमा उनको नाम परेन, त्यसको जानकारी आफुलाई नभएको बताउँदै आएका छन् ।

अध्यक्ष पदका उम्मेदवारहरुमा बहालवाला अध्यक्ष केशव पौडेललगायत रविना थापा, कृष्ण पोखरेल र राम सी पोखरेल रहेका छन् ।

प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालले उम्मेदवारीका लागि आवश्यक मापदण्ड एवम् कागजातको अभावमा, कति आकांक्षीहरुको नाम सुचीमा नपरेको बताईन् । ‘यो निर्वाचन समिति स्वतन्त्र निकाय हो, हामीले विधान, नियममा बसेर कार्यसम्पादन गर्ने हो ।’ दाहालको भनाई थियो, ‘अध्यक्ष पदका लागि गौरी जोशीको हकमा, उम्मेदवार बन्न आवश्यक मापदण्ड, एक कार्यकाल राष्ट्रिय वा अन्तर्राष्टिय परिषद्मा काम गरेको प्रमाणको अभावमा, सुचीमा नपरेको हो ।’

कानुन व्यावसायी समेत रहेकी प्रमुख निर्वाचन आयुक्त दाहालका अनुसार सुचीमा नपरेका सबैलाई त्यसको कारण बारे शुक्रबार नै जानकारी दिईने र दुई दिन भित्र निर्वाचन कमिटीलाई आवश्यक कागजात प्राप्त भए, अन्तिम् सुची परिवर्तन हुन सक्नेछ ।

गैर आवासीय नेपाली संघको विधान २०१५ अनुसार राष्ट्रिय समन्वय परिषद्को अध्यक्षको उम्मेदवारका लागि राष्ट्रिय समन्वय परिषद वा अन्तर्राष्ट्रिय परिषदको सदस्य वा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था छ । यद्यपी अमेरिकामै दर्ता भएको यस संस्थाको राष्ट्रिय विधानमा साधारण सदस्य रहेको जो कोहि उम्मेदवार बन्न सक्ने नियम छ । मुख्यत दुई थरि विधानको अस्पष्टताले विवाद चर्किने संकेत गरेको छ ।

जोशीको उम्मेदवारी अस्वीकृतलाई उनको प्यानलबाट सदस्य पदका उम्मेदवार सन्जय थापाले क्षेत्रीय संयोजक सोनाम लामा र कांग्रेसको प्रवास संगठन, जनसम्पर्क समितिका केहि ब्यक्तिहरुको षडयन्त्रको संज्ञा दिए । आफनो नाम उम्मेदवारको सुचीमा नपरेपछि जोशीले एनआरएन अमेरिकाको न्यायिक कमिटीमा उजुरी दिएका छन् भने अमेरिकी अदालतमा जाने तयारी रहेको बताइएको छ ।

सक्रियताको हिसाबले लामो समय नभएपनि अमेरिकी एनआरएन, विवादमा रहदै आएको छ ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK