अमेरिकीबासी थारुद्वारा १२ जना मेधावी विद्यार्थीलाई छात्रवृत्ति

ENGLISH

NRN GLOBAL

अमेरिकीबासी थारुद्वारा १२ जना मेधावी विद्यार्थीलाई छात्रवृत्ति

12 May, 2017 | Bipin Acharya | 710 Views | comments

थारुज एन्ड फ्रेन्ड्स एसोशियसनले १२ जना मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। अमेरिकीबासी थारुहरुको परिचित सो संस्थाले विगत ८ वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ। सोहीअनुसार २०१६-१७ मा छात्रवृत्ति पाउने मेधावी विद्यार्थीको अन्तिम नामावली सार्वजनिक गरेको हो।

संस्थाले दुई जनालाई विशेषसहित १२ जनालाई छात्रवृत्ति प्रदान गर्ने जनाको छ। विशेषअन्तर्गत बर्दियाका मिठुराम थारुलाई ‘सरोज चौधरी छात्रवृत्ति’ र कैलालीका रामा चौधरीलाई ‘शारदा इंगलिस सेकेन्ड्री स्कुल, कथौना सप्तरी’ छात्रवृत्ति प्रदान गरेको हो। मिठुरामले स्नातकोत्तर (जनसंख्या) र रामाले स्नातकोत्तर (ग्रामिण विकास)का लागि निवेदन दिएका थिए। दुवैले ३० हजार रुपैया प्राप्त गर्नेछन्।

त्यस्तै संस्थाले प्रदान गर्दै आएको नियमित छात्रवृत्तिमा सप्तरीकी आयुषमा चौधरी (प्लस टु), बाराका आशिष चौधरी (प्लस टु), सप्तरीका पिसजोन जोशी (प्लस टु), नवलपरासीकी रिनु चौधरी (बीएससी एग्रिकल्चर), नवलपरासका दिपेश चौधरी (प्लस टु), नवलपरासीका नविन महतो (प्लस टु), दाङकी रोजिना चौधरी (भेटेनरी), सर्लाहीका अरुणप्रसाद चौधरी (एमबीबीएस), बाराका सन्तोष चौधरी (बएससी), उदयपुरकी प्रियंका चौधरी (बीबीए) छन्। दसैजनाले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

थारुज एन्ड फ्रेन्ड्स एसोशियसनका सचिव सत्य नारायण चौधरीका अनुसार संस्थाको नीतिबमोजिम विद्यार्थीहरु छानिएका हुन्। छानिनुअघि सबै विद्यार्थीको पारिवारिक पृष्ठभूमि र डकुमेन्ट परीक्षण गरिएको उनले बताए।

छात्रवृत्ति पाउने सबै विद्यार्थीले आफ्नो अभिभावको खाता नम्बर पठाउन संस्थाले आह्वान अनुरोध गरेको छ। खाता नम्बरसँगै बैंकको नाम र स्विफ्ड कोडको आवश्यकता पर्ने हुँदा त्योपनि पठाउन आग्रह गरेको छ। त्यसका लागि tharusandfriends@gmail.com मा इमेल गर्न सकिने सचिव चौधरीले जानकारी दिए। खाता नम्बर पाएपछि सिधै खातामै रकम जम्मा गरिदिने चौधरीले बताए।

यसवर्ष १ सय ३ जनाले छात्रवृत्तिका लागि निवेदन दिएका थिए। छात्रवृत्तिका लागि सहयोग पुर्‍याउने सबैलाई संस्थाका पदाधिकारीले धन्यवाद ज्ञापन दिएका छन्।

नागरिक बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK