अमेरिका हिँडेका नेपाली विद्यार्थीहरु दलालविरुद्ध कानुनी लडाइँ लड्दै

ENGLISH

NRN GLOBAL

अमेरिका हिँडेका नेपाली विद्यार्थीहरु दलालविरुद्ध कानुनी लडाइँ लड्दै

12 June, 2016 | Sandeep Bhattarai | 495 Views | comments

american-flagविभिन्न प्रलोभन र सहज जीवनशैलीको सपना देखाएर स्थल र जलमार्गबाट अमेरिका र्पुयाउने भनी अलपत्र पार्ने दलालविरुद्ध नेपाली विद्यार्थीहरु कानुनी लडाइँ लडिरहेका छन्।

सामुन्द्रिक टापु सेन्ट लुसियामा उनीहरुले आफूलाई अलपत्र पार्ने दलालविरुद्धको मुद्दामा न्याय दिलाउन त्यहाँका प्रधानमन्त्री एलेन कास्टानेट समक्ष आग्रह गरेका हुन् ।

स्थानीय मिडिया सेन्ट लुसिया टाइम्ससँग कुरा गर्दै विकास भुर्तेलले त्यहाँ अलपत्र रहेका सबै विद्यार्थीको तर्फबाट नवनिर्वाचित प्रधानमन्त्री कास्टानेटलाई बधाई दिन चाहेको उल्लेख गरेका छन्। ‘प्रधानमन्त्री हुनुभन्दा पहिले राजनीतिज्ञ एवं व्यापारी एलेन नेपालीका समस्या बुझ्न आएका थिए’, विकासले भनेका छन्, ’पीडितमध्ये करिब २० जना अहिले ला क्लारेको हिलसाइड प्ला गेस्टमा बसोबास गरिरहेका छन्।’

उनीहरु सबैलाई दलालले अमेरिका लैजाने भनेर अलपत्र पारेकाहरु हुन्। केही समय अघि नेपाल फर्किएका विकासले यस विषयमा जानकारी दिए। विकास आफैँ एक वर्षभन्दा बढी समयदेखि सेन्ट लुसियामै बसोबास गर्दै आएका छन्।नेपाली विद्यार्थीलाई झुटो आश्वासन दिएर अमेरिका ल्याउने लम्वर्डस एकेडेमीका सिइओ इफ्तिकर शाम्स् र अन्य केही व्यक्तिविरुद्ध नेपाली विद्यार्थीले दायर गरेको मुद्दा विचाराधिन छ। हस्पिट्यालीटीमा डिग्री गर्न आफूहरुलाई ल्याइए पनि पैसा बुझाएको धेरैपछि मात्र ठगिएको विकासले सुनाए।

गृह मन्त्रालय र प्रहरी अधिकारीहरुले त्यहाँ रहेका बाँकी विद्यार्थीहरुलाई भेटेर सो घटनामा के भइरहेको छ सोधीखोजी गर्दै आएका थिए। पछिल्लो समय सुरक्षाकर्मी नेपाली विद्यार्थी भेट्न आएका छैनन्।उनले आफूहरुसँग भिषा र पासपोर्ट नभएको र भएका केहीको पनि मिति सकिसकेको बताउँदै आफूहरुले धेरै रकम उधारो लिएको र हाल केही खर्च नभएकाले तत्काल घर फर्कन गाह्रो भएको उल्लेख गरेका छन्। उनको पासपोर्ट स्थानीय अधिकारीले राखेका छन्।

यो पनि हेर्नुस – नेपाली घरको सहयोगार्थ खेम गुरुङ अमेरीका आउंदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK