अमेरिका सुरक्षित नभएको भन्दै सतर्क भएर यात्रा गर्न आग्रह

ENGLISH

WORLD

अमेरिका सुरक्षित नभएको भन्दै सतर्क भएर यात्रा गर्न आग्रह

13 July, 2016 | arjun baral | 795 Views | comments

us

चार देशले संयुक्त राज्य अमेरिका सुरक्षित नभएको भन्दै आफ्ना देशका नागरिकलाई सजग रहन चेतावनी दिएका छन्।

अश्वेतमाथि अमेरिकी प्रहरीद्वारा दुव्र्यवहार भएको र त्यसपछि हिंसात्मक प्रदर्शन भएको भन्दै ती देशले यस्तो सूचना जारी गरेका हुन्। अमेरिकामा हालै भएका दुव्र्यवहार र हिंसात्मक घटनालाई लिएर चिन्ता व्यक्त गरिन थालेको छ।

यसै कुरालाई आधार बनाएर मध्य पूर्व र क्यारेबियाका सरकारले यस्तो घोषणा गरेका हुन्। बहराइन, संयुक्त अरब इमिरेट्स बहामासले पहिलोपटक यस्तो घोषणा गरेका हुन्। लुसियाना र मिनेसोटामा प्रहरीको गोलीबाट अश्वेत व्यक्ति मारिएका थिए। त्यसको विरोधमा अमेरिकाका कयौं सहरमा प्रदर्शन भइरहेका छन्।

प्रदर्शनका क्रममा पुलिस र प्रदर्शनकारीबीच भिडन्त पनि भइरहेका छन्। डलासमा गत साता एक प्रदर्शनमा पाँच प्रहरी मारिएका थिए। उनीहरूले अश्वेतलाई निसाना बनाएका थिए।
अफ्रिकी मूलका नागरिकको बाहुल्य भएको क्यारेबियाली मुलुक बहामासले आफ्ना नागरिकलाई चेतावनी दिँदै भनेको छ, “अमेरिकाका सहरमा सावधान भएर मात्र हिँड्नु। त्यहाँ अश्वेत युवालाई प्रहरीले निसाना बनाउने गरेको छ।”  बहामासको ८३ प्रतिशत जनसंख्या अश्वेतको रहेको छ।

एसियाली देश बहराइनले पनि यस्तै सूचना जारी गरेको छ। अमेरिकास्थित बहराइनको राजदूतावासले आफ्ना नागरिकलाई अमेरिकाका भीडभाड हुने ठाउँमा ख्याल गरेर मात्र हिँड्न आग्रह गरेको छ। राजदूतावासले ट्विटमार्फत यस्तो जानकारी दिएको हो।

बहामासको विदेश मन्त्रालयले यात्रा परामर्श ‘ट्राभल एडभाइजरी’ जारी गर्दै भनेको छ, “विशेषगरी युवाहरूले अमेरिकी प्रहरीसँग सजग भएर कुरा गर्नु, उनीहरूसँग बहस नगरी सोधेको मात्र जवाफ दिनू।”

यसैगरी संयुक्त अरब इमिरेट्स (युएई)ले अमेरिकामा रहेका आफ्ना नागरिक र विद्यार्थीसँग सावधान हुन अपिल गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आतंक, हिंसा, हत्या हुने गरेका देशमा दिने गरेको शैलीमा युएईले चेतावनी दिएको छ।

युएईको दूतावासले आफ्ना नागरिकलाई भीडभाड हुने इलाकामा नजान र कुनै पनि प्रदर्शनदेखि टाढै रहन आह्वान गरेको छ। यसका साथै कुनै पर्व, समारोहमा जाँदा विचार पुर्याउन पनि निर्देशन दिएको छ।

यसैगरी न्युजिल्यान्डले पनि गरेको छ। अमेरिकाले यसै महिना मात्रै बंगलादेश, भेनेजुयला, इराक, मालीजस्ता देशमा आफ्ना नागरिकलाई यात्रा नगर्न चेतावनी दिएको छ।

अमेरिकी प्रहरी माथि गोली प्रहार: ५ को मृत्यु

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK