अमेरिका लग्ने भनि ठगिएर अफ्रिका टोगोमा छ महिना देखि अलपत्र छ नेपालीको उद्दार

ENGLISH

NRN GLOBAL

अमेरिका लग्ने भनि ठगिएर अफ्रिका टोगोमा छ महिना देखि अलपत्र छ नेपालीको उद्दार

बिजय थापा , अमेरिका ।

1 April, 2018 | Kabi Adhikari | 2435 Views | comments

अमेरिका लग्ने भनेर दलालद्वारा पश्चिमी अफ्रिका स्थित मुलुक टोगोमा अलपत्र पारिएका ६ जना नेपालीहरु महेश्वर आचार्य, कमल बहादुर धर्ती, मीन बहादुर श्रीस पुन, अशोक पौडेल, जीवन श्रेष्ठ र सोनामछिरी शेर्पा शनिबार घर फर्केका छन ।

togo_africa_map

उनिहरु गत हप्ता नाइजेरिया स्थित एनआरएनए कोषाध्यक्ष हिक्मत थापासंग सम्पर्कमा आई उद्दार र घर फिर्तीका लागि सहयोग मागे पछि थापाले एनआरएनए मार्फत सहयोगका लागि पहल गरेका थिए । उनिहरुको राहदानी समेत दलालले राखेको र अन्त्यन्तै कष्टका साथ उनिहरुलाई गत छ महिना देखि पश्चिमि अफ़्रिकि मुलुक टोगोमा राखिएको थियो ।

थापाले उनीहरुको उद्दारका लागि चासो राखी दिएकोमा नेपाल सरकार, परराष्ट्र मन्त्री, ट्राभल डकुमेन्ट लगाएतको सहयोगको लागि दक्षिण अफ्रिका स्थित नेपाली राजदूत अमृत बहादुर राई, बिष्णु गौतम र दुतावास परिवार, एनआरएनए सचिब डि बि क्षेत्री, एनआरएनए कि वैदेशिक रोजगार अधिकृत स्वेच्छा घिमिरे, एनआरएनए सचिबालय काठमाडौं, एनआरएनए नाइजेरिया परिवार र कान्तिपुरका पत्रकार देबेन्द्र भट्टराईलाई हार्दिक आभार ब्यक्त गरेका छन ।

उनिहरु आइतबार बेलुकी दिल्ली हुँदै काठमाडौं पुग्दैछन ।

मृत्युदण्डबाट सफाई पाएका चौधरी सहित मलेसियामा अलपत्र ४१ नेपालीको उद्दार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK