अमेरिका र उत्तर कोरियाको शिखर सम्मेलन इन्डोनेसिया गर्न आह्वान

ENGLISH

WORLD

अमेरिका र उत्तर कोरियाको शिखर सम्मेलन इन्डोनेसिया गर्न आह्वान

1 May, 2018 | Kabiraj Adhikari | 2885 Views | comments

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनबीच हुन लागेको शिखर सम्मेलन आफ्नो देशमा गर्न इन्डोनेसियाले आह्वान गरेको छ ।

doland-kim-jong

शिखर सम्मेलनका लागि आवश्यक सम्पुर्ण व्यवस्था गर्न आफ्नो देश तयार रहेको इन्डोनेसियाको भनाई छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने प्रयासलाई आफूहरुले पनि सहयोग गर्न चाहेको सोमबार बताउनुभयो ।

उहाँले उत्तर कोरियाका राजदूत एन क्वाङ आइआइ र दक्षिण कोरियाका राजदूत किम चाङबोमसँग स्टेट प्यालेसमा सोमबार भेटेर शिखर सम्मेलन इन्डोनेसियामा गर्न प्रस्ताव गर्नु भएको हो । “यदि उत्तर कोरियाका सर्बोच्च नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्प बीच भेटवार्ताको तयारी भएको हो भने त्यसको आयोजना हामीले गरिदिन चाहन्छौं,” राष्ट्रपति विडोडोले भन्नुभयो ।

दुई देशका राजदूतहरुसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति विडोडोले शिखर सम्मेलनकालागि आफूहरू तयार र इच्छुक रहेको बताएको जानकारी दिनुभयो । उहाँले आफ्नो देशको प्रस्तावलाई सम्वन्धित नेताहरूले सकारात्मकरूपमा लिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
यसअघि थाइल्याण्डले दुई पक्षीय वार्ताका लागि आफ्नो देशमा आउन आग्रह गरेको थियो ।

गत मंगलबार थाइल्याण्डका विदेश मन्त्री डोन प्रामुडवीनैले उहाँहरुको शिखर वार्ताका लागि स्वयमसेवी तरिकाले सवै व्यवस्था गर्न थाइल्याण्ड तयार रहेको बताउनु भएको थियो।

राष्ट्रपति ट्रम्पले नेता किमसँग आउदो जुनमा वार्ता हुनसक्ने यसअघि नै बताउनु भएको थियो ।

उत्तर कोरिया र अमेरिकालाई वार्ता गर्न चीनको आग्रह

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK