अमेरिका नेपाल सोसाइटीको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

अमेरिका नेपाल सोसाइटीको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

विजय थापा,वाशिंगटन डिसी

23 October, 2017 | Sandeep Bhattarai | 2175 Views | comments

अमेरिका नेपाल सोसाइटी डिसी

उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी डिसीको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ l

अक्टोबर २२ तारिख डिसी क्षेत्रको भर्जिनियाको फल्स चर्च स्थित एक पुस्तकालयमा औपचारिक सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम विधिवत रुपमा सम्पन्न भएको छ l

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त ठाकुर पुडासैनी (बिद्या वारिधि ), निर्वाचन आयुक्त माधवी बस्नेत कार्की तथा निर्वाचन आयुक्त इन्द्र श्रेष्ठ तथा समुदायको उपस्थितबीच सबै सबै उम्मेदवारहरुले सपथ ग्रहण लिएका थिए l प्रमुख निर्वाचन आयुक्त डा पुडासैनीले चुनाव अत्यन्तै राम्रो संग सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका थिए l

निर्वाचित अध्यक्ष प्रभा भट्टराई देउजा ,प्रथम उपाध्यक्ष प्रा बिष्णु घिमिरे, द्वितीय उपाध्यक्ष कृष्ण अधिकारी, महासचिव सुदिप पोख्रेल ,कोषाध्यक्ष शुभ शाक्य संचार संयोजकमा निलु उप्रेतीले पदको सपथ ग्रहण लिएका थिए भने सचिव अन्जना बुढाथोकी सापकोटा उपस्थित थिइनन् l

महा सचिब प्रेम पौडेलले कार्यक्रम संचालन गरेका थिए भने उनले महा सचिवको प्रतिबेदन ,संस्थाको ऐतिहासिक पृष्ठ भुमि र आफ्नो कार्यकालमा भएका काम को बारेमा संक्षेपमा प्रकाश पारेका थिए l यसै गरि कोषाध्यक्ष यसोदा भण्डारीले पनि कोषाध्यक्षको प्रतिबेदन छोटो रुपमा प्रस्तुत गरेकी थिईन् l

कार्यक्रमको अध्यक्षता जीवन तिवारीले गरेका थिए भने तिवारीले नया समितिलाई शुभकामना दिदै आफ्नो कार्यकालमा अलिक पृथक काम गरेको बारेमा बोलेका थिए भने आफ्ना सबै समितिका पदाधिकारीलाई माया को चिनो प्रदान गरेका थिए l

सम्पूर्ण संस्थाको तर्फबाट एएनएका अध्यक्ष मेदिनी अधिकारीले शुभकामना मन्तब्य दिदै कसरी अमेरिकन सरकार संग फाईदा लिन सकिन्छ भन्ने बताउदै एएनएसले यस्ता प्रकारका सल्लाह र सुझाव मागे आफुले सहयोग गर्ने बताए l

कार्यक्रममा नव निर्वाचित अध्यक्ष प्रभा भट्टराई देउजाले सबै लाई एक मुष्ठ धन्यवाद दिदै आफुले सबैको सहयोग लिएर अमेरिकन पद्धति अनुसार काम गर्ने बताइन l यसै गरि प्रथम उपाध्यक्ष प्रा बिष्णु घिमिरे, द्वितीय उपाध्यक्ष कृष्ण अधिकारी, महासचिव सुदिप पोख्रेल ,कोषाध्यक्ष शुभ शाक्य संचार संयोजक निलु उप्रेतीले पनि छोटो मन्तब्य राखेका थिए l

अमेरिका नेपाल सोसाइटी डिसी

निर्वाचनमा कसैले कसैलाई मतदान गर्न नआएको भन्दै अमेरिका नेपाल सोसाइटीलाई माया गर्न आएको हो भन्ने विचार राखेका थिए l अध्यक्ष लगायत सबै नव निर्वाचित पदाधिकारीले सबै लाई समेट्ने कुरामा जोड दिएका थिए l

अमेरिका नेपाल सोसाइटी डिसीको अध्यक्षमा प्रभा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK