अमेरिका नेपाल सहयोगी समाजको अध्यक्षमा कमला खरेल निर्वाचित (भिडियो सहित )

ENGLISH

NRN GLOBAL

अमेरिका नेपाल सहयोगी समाजको अध्यक्षमा कमला खरेल निर्वाचित (भिडियो सहित )

1 May, 2017 | Bhawana Pathak | 635 Views | comments

विजय थापा,वाशिंगटन डिसी
डिसी महानगर क्षेत्रको भर्जिनिया को मनासस शहरमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाज को अध्यक्ष पदमा कमला खरेल निर्वाचित भएकी छिन् l अप्रिल ३० तारिख बसेको साधारण सभाले नया कार्यकारी समितिको चयन समेत गरेको छ l

डीसी क्षेत्र को अत्यधिक क्रियाशील तथा अमेरिकामा नै सक्रिय संस्था मध्ये मै अग्र पंक्तिमा स्थापित गरेको अमेरिका नेपाल सहयोगी समाजमा खरेल तथा अन्य पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका हुन् l स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएकी कमला खरेल विभिन्न पदमा स्थापना काल देखि नै सक्रिय रहेकी छिन् भने उनले यस संस्थाले आयोजना गर्ने तीज कार्यक्रमलाई सफल बनाउन उनको ठुलो हात रहेको छ l

आज सपथ लिदै म एक्लै ले मात्र केहि गर्न सक्दिन सवै को सामूहिक प्रयास चाहिन्छ भन्दै संस्थाको सदस्यता बढाउने र संस्था द्वारा संचालित नेपाली पाठशालालाई कसरि राम्रो गर्न सकिन्छ त्यसमा काम गर्ने बताइन् l निर्वाचन आयुक्त संस्थाका संस्थापक अध्यक्ष सागर कंडेलले सपथ ग्रहण गराउनु को साथै निर्वाचन समितिका सदस्यहरुको परिचय गराएका थिए l कंडेलले कमला खरेल मा सम्भावना आफुले देखेको भन्दै राम्रो काम गर्ने कुरामा बिश्वस्त रहेको बताए l निर्वाचित पदाधिकारीहरुले आफ्नो परिचय दिदै मन्तब्य राखेका थिए l

कार्यक्रममा डीसी क्षेत्रका प्रख्यात कविहरुले कविता वाचन समेत गरेका थिए भने साधारण सभामा महा सचिव तथा कोषाध्यक्ष को प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो l भर्खर निवर्तमान अध्यक्ष भएका पदम रेग्मीले अध्यक्ष लगायत नव निर्वाचित समितिलाई बधाई दिएका थिए l रेग्मीले अगाडी मन्तब्य राख्दै आफ्नो सामुदायिक भवन बनाउने सपना भएकोले कमला खरेलको नेतृत्वले यस्मा पहल गर्ने छ भने र आफु पछाडी रहने बताए l नया कार्यकारी समितिले सल्लाहकार लगायत अन्य पदमा मनोनित समेत गरेको छ l

साधारण सभामा राष्ट्रिय गीत ,दोश्रा पुस्ताका बालबालिकाले नृत्य प्रस्तुत गर्नुको साथै नाचगान कार्यक्रम समेतको आयोजना गरेको थियो l निर्वाचित हुने पदाधिकारिहरुमा कमला खरेल अध्यक्ष , मुक्ता पौडेल उपाधक्ष्य ,बिवस अर्याल सचिव ,आरती सिग्देल सहायक सचिव तथा लक्ष्मण सापकोटा कोषाध्यक्षमा निर्वाचित भएका छन् यसै गरि कार्यकारी समितिमा रोम ज्ञवाली ,बिष्णु शर्मा ,उमेश अधिकारी ,किशोर ढुंगाना ,शान्त न्यौपाने तथा मौशम श्रेष्ठ रहेका छन् l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK