अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

ENGLISH

NRN GLOBAL

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

18 July, 2018 | Kabiraj Adhikari | 2045 Views | comments

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा मंगलबार नेपाल फिर्ता भएका छन।

बिबिन्द्र र जगन ( हाप पैन्टमा) र साथमा एनआरएनएका रोहित भाङ्गर , रुद्र दर्लामी मगर र हिक्मत थापा ।

उनिहरु सङ्ग नेपाली दलाल जेशन श्रीस ( बाग्लुङ्ग /पोखरा )लगाएतले जनही ३५ लाख रुपैया नेपालमै लिएको र पछि बिच बिचमा खान र अरु खर्च गरि ५० लाख खर्च भएकोे बताएको छन । गैर आबासिय नेपाली संघ नाइजेरियाको प्रयास र सहयोगमा उनिहरु काठमाडौ फर्केका हुन ।

उनिहरुको पासपोर्ट समेत दलालले उनिहरुलाई दिएको थिएन । इजिप्ट स्थित नेपाल दुतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो । गैर आबासिय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलाल मार्फत ३६ नेपाली नाइजेरिया पुगेको र त्यसमध्ये १२ जना लाई अमेरिका लान ब्राजिल उडाएको , १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै रहेको तर उनिहरु सम्पर्कमा आउन नचाहेका छन वा दलालले आउन दिई राखेका छैनन । गत महिना समेत थापाको संयोजनमा टोगो बाट यहि समुहका ५ जनालाई उद्दार गरि नेपाल फर्काइएको थियो ।

थापाले उनिहरुको फिर्ताका लागि पहल गर्ने इजिप्ट स्थित नेपाल दुतावस , एनआरएनए नाइजेरिया परिवार, आइसिसि सदस्य चिरञ्जीवी रोका, एनसिसि नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यबाद ब्यक्त गरेका छन ।

बिबिन्द्र र जगन समेत गत मे महिनामा मात्र एनआरएनए को सम्पर्कमा आई घर फिर्ता जान अनुरोध गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK