अमेरिकाले गणित र बिज्ञानमा अरु देशलाई काच्चै खान्छ त

ENGLISH

अमेरिकाले गणित र बिज्ञानमा अरु देशलाई काच्चै खान्छ त

8 September, 2015 | Sandeep Bhattarai | 665 Views | comments

विजय थापा ,वाशिंगटन डिसी – अध्ययन गर्न ब्रम्हाण्ड भरका विद्यार्थी अमेरिका थुप्रिएका छन् l पढन ओहिरो लागेको लागै छन् l विश्वका उत्कृष्ट बिश्व विद्यालय पनि यहि छन् l पढाई अत्यन्तै राम्रो र अब्बल दर्जाका बिद्यालय ,महाविद्यालय तथा बिश्व बिद्यालय पनि अवसरको भुमि अमेरिकामा छन् l

बिद्यालय स्तरका विद्यार्थीहरुको पढाई सम्बन्धि अन्य देशको तुलनामा निकै निरासा अवस्था देखाएको छ l अमेरिका जस्तो मुलुकमा यस्तो होला भन्ने परिकल्पना गरिएको हुदैन l

अमेरिकाका विद्यार्थीहरु बिशेष गरि गणित र बिज्ञानको पढाईमा निकै पछि छन् भन्दा आश्चर्य लाग्नु स्वाभाविक हुन्छ l बिश्वका बिभिन्न राष्ट्रहरु बीच सबै भन्दा ठुलो पढाई सम्बन्धि जाच लिने संस्था पिसा ( प्रोग्राम फर इन्टरनेसनल स्टुडेन्ट एसेस्मेन्ट )ले बिश्वका बिभिन्न राष्ट्रका विद्यार्थीलाई गणित तथा बिज्ञानमा परीक्षा लिने गर्दछ l

यो पिसा संस्थाले हरेक ३ बर्षमा बिकसित तथा विकासशील देशका १५ बर्ष सम्म उमेरका विद्यार्थीहरुको पढ्ने योग्यताको मापन ,गणित तथा बिज्ञानको पढ्ने र लेख्ने क्षमताको परीक्षा लिने गर्दछ l जस अनुसार ६४ वटा राष्ट्रमध्ये बिश्वको सबै भन्दा शक्तिशाली र धनि मुलुक अमेरिकाको गणित बिषयमा ३५ औ स्थान र बिज्ञानमा २७ औ स्थानमा परेको छ l

अमेरिकन युवा विद्यार्थीहरु केहि हद सम्म यस्तो जाचमा राम्रो गरि रहेको देखाएको छ l अर्को अनुसन्धान गर्ने संस्था टिम्सले १९९५ देखि हरेक ४ बर्षमा चार तथा आठ कक्षाका विद्यार्थीलाई परीक्षा गर्दै आएको छ l २०११ को नतिजा अनुसार जम्मा ५० वटा राष्ट्रमा ४ कक्षामा गरिएको गणित परीक्षामा औषतमा ७ वटा राष्ट्र अमेरिका भन्दा अगाडी भएको आंकडाले देखाएको छ l यसै गरि ६ वटा राष्ट्रहरु अमेरिका भन्दा औषतमा ज्यादा अंक ल्याई बाजी मारेको देखाएको छ l

४२ वटा राष्ट्रका ८ कक्षाका विद्यार्थीमा गरिएको गणित परीक्षामा ६ वटा राष्ट्र अमेरिका भन्दा ज्यादा अगाडी देखिएको छ भने ८ वटा राष्ट्रले अमेरिकालाई पछाडी पारी दिएका छन् l

पहिलेको तुलनामा गणित तथा बिज्ञानमा प्रशस्त वृद्धि भै रहेको अवस्था जनाएको छ भने त्यस्को कारण बिश्वका बिभिन्न मुलुकबाट आप्रवासन आउने क्रम बढ्दो संगै यो परिवर्तन भएको छ l चार कक्षा र आठ कक्षा दुबैमा उन्नति भै रहेको छ l अर्को एक परिक्षण अनुसार २०१३ मा चार कक्षामा गरिएको औसत नतिजा ० देखि ५०० सम्मको मापनमा अमेरिकाका विद्यार्थीले २ सय ४२ अंक पाएको देखाएको थियो भने १९९० मा २ सय १३ मात्र रहेको थियो l

यसै गरि २०१३ मा आठ कक्षाका विद्यार्थीले औसतमा २ सय ८५ अंक प्राप्त गरेका थिए भने १९९० मा २ सय ६३ मात्र नतिजा निकालेका थिए l यसै गरि २०१३ मा ४ कक्षा र ८ कक्षाका विद्यार्थीलाई गरिएको कुशल तथा उच्च श्रेणीको परिक्षणमा ४२ प्रतिसत र ३६ प्रतिसत दर प्राप्त गरेका थिए l

हालसालै गरिएको सर्वेक्षणमा केहि ४ कक्षा तथा केहि ८ कक्षाका विद्यार्थीहरुको स्तर घटेर तल पुगेको छ l जस अनुसार ४ कक्षाको १७ प्रतिसत र ८ कक्षाको बिद्यार्थीको २६ प्रतिसतमा झरेको छ l १९९० मा ४ कक्षाका विद्यार्थीले ५० प्रतिशत र ८ कक्षाका विद्यार्थीले ४८ प्रतिशत ल्याएका थिए l

प्रत्येक विद्यार्थीलाई विश्व कै सबै भन्दा ज्यादा लगानी अमेरिकाले गरेता पनि नतिजा उत्साह जनक ल्याउन सकेका छैनन् l उदाहरणको लागि स्लोभाक रिपब्लिकले एक बिद्यार्थीलाई करिब ५३ हजार डलर लगानी गर्छ भने अमेरिकाले करिब १ लाख १५ हजार डलर खर्च गर्छ l दोब्बर भन्दा ज्यादा लगानी भएता पनि पढाई बराबर रहेको आंकडाले देखाएको छ l

यो कार्यक्रमको लागि ५ लाख भन्दा ज्यादा बिद्यार्थीले भाग लिन्छन भने लिखितम परीक्षा करिब २ घन्टाको हुन्छ l बिश्व कै उत्कृष्ठ पढाई भएको देश अमेरिका होला भन्ने लागेता पनि अमेरिकालाई पछार्दै एसियाली मुलुकहरु अग्र पंक्तिमा रहेको आँकडाले देखाएको छ l

अमेरिकाको अध्ययन उत्तम मानिने ठानिने भए पनि अमेरिकाले गणित र बिज्ञानमा अरु देशलाई काच्चै खाने नरहेको अध्ययन तथा परिक्षण बाट पुस्टि भएको छ l गणित र बिज्ञानमा अरु देशलाई काच्चै खाने धेरै देश एसियाली रहेका छन् l गणितमा अरु देशलाइ चित खुवाउने देशहरु , सिंगापुर ,हंगकंग ,ताईवान ,दक्षिण कोरिया , मकाउ तथा जापान आदि उत्कृष्ट १० मा परेका छन् l

यसै गरि बिज्ञानमा उत्कृष्ट पर्ने देशहरु हंगकंग , सिंगापुर ,जापान , फिनल्याण्ड ,इस्टोनिया , दक्षिण कोरिया , भियतनाम तथा पोल्याण्ड आदि रहेका छन् l आफ्ना सन्तानका उज्ज्वल भबिष्यको सपना बोकेर काँधमा बोकी र काखी च्यापेर ल्याएका आफ्ना सन्तानहरुको पढाई यस्तै होला भन्ने चिन्तन गरि हाल्नु पर्ने अवस्था चै छैन l

सपनाको संसार अमेरिकाको बिद्यालयको आंकडाले पढाईको स्तरले केहि निरुत्साहित जस्तो लाग्ने भएता पनि महा बिधालय (क्याम्पस )तथा विश्व विद्यालयका (युनिभरसिटि )को स्तर निकै राम्रो छ lअमेरिकामा छोरा छोरीको पढाई राम्रो हुन्छ भन्ने सोची अमेरिका ,अमेरिका र अमेरिका भन्ने सुगा रटाई बन्द गर्न सकिन्छ भने कक्षा दश जोड दुई सम्म उत्तै पढाए उच्च शिक्षामा अब्बल दर्जा नतिजा निकाल्न केहि गार्हो नहोला l यस्तै गर्ने परिपाटी पनि छ l

अब के गर्ने यहाहरुको हातमा छ l फेरी पनि , के अमेरिकाले गणित र बिज्ञानमा अरु देशलाई काच्चै खान्छ त ?

आगे यहाहरुले जान्नु …………………

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK