अमेरिकामा १२ वर्षे किशोरीको विवाह किन ?

ENGLISH

अमेरिकामा १२ वर्षे किशोरीको विवाह किन ?

23 April, 2017 | Bipin Acharya | 1515 Views | comments

कसैले आफ्नो पक्षमा बोलिहाल्ला कि भन्ने आशामा मिचेल डी मेलो क्लर्कको कार्यालयमा प्रवेश गरेकी थिइन् । भर्खर १६ वर्ष पुगेकी उनी गर्भवती थिइन् । ग्रिन माउन्टेन फल्सको क्रिस्चियन समुदायले उनको परिवारलाई मिचेलको १९ वर्षको प्रेमीसँग विवाह गर्न दबाब दिइरहेको थियो । आफ्नै कमजोरी भएपछि उनले विवाहलाई अस्वीकार गर्न सकिनन् ।

usa-12-year

‘म सहरकी चम्किली वेश्या हुन्थेँ वा अरू मानिसले चाहेको जस्तो हुन्थेँ र मेरो परिवारलाई बचाउन सक्थेँ,’ डिमेलोले भनिन् । क्र्लकले विवाह अस्वीकार गर्छन् भन्ने उनको विश्वास थियो । किनकि, कानुनले त बालिकालाई विवाह गर्न अनुमति दिँदैन, होइन त ? तर, उनको बुझाइ गलत रहेछ, किनकि अहिले ४२ वर्ष पुगेकी मिचेललाई त्यतिवेला विवाह गर्न अनुमति दिइएको थियो । फ्रेडी रेइसको लेख आजको नयाँ पत्रिकामा छापिएको छ ।

अमेरिकाका प्रायः सबै राज्यले विवाहका लागि न्यूनतम उमेर १८ वर्ष तोकेका छन् । तर, अभिभावकको सहमतिमा अपवादस्वरूप प्रायः सबै राज्यमा १८ वर्षभन्दा कम उमेरमा पनि विवाह हुन्छ । कति सानो उमेर ? २७ वटै राज्यको कानुनले ‘योभन्दा कम उमेरको बालबालिकाले विवाह गर्न सक्दैनन्’ भनेको छैन ।

अमेरिकामा जबर्जस्ती विवाहको विरोध गर्न वा यस्तो विवाहबाट बच्न महिलालाई सहयोग गर्न मैले स्थापना गरेको गैरनाफामुखी ‘अनचेन्ड एट लास्ट’ पछिल्लो समय सन् २००० देखि २०१० सम्म विवाह इजाजत तथ्यांक संकलन गर्दागर्दै बितेको छ र अधिकांश राज्य यससम्बन्धी सूचना प्रदान गर्न सफल भएका छन् । यस अवधिमा ३८ राज्यका १२ वर्षभन्दा कम उमेरका एक लाख ६७ हजार बालबालिकाको १८ वर्ष वा सोभन्दा बढी उमेर समूहका पुरुषसँग विवाह भएको छ । एक दशकको अवधिमा कति बालिकाको विवाह भयो भन्ने विषयमा १२ राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाले भने सूचना दिएको छैन । हामीले पहिचान गरेको राज्यको जनसंख्या र बालविवाहबीचको सहसम्बन्धको आधारमा सन् २००० देखि २०१० को अवधिमा अमेरिकामा दुई लाख ४८ हजार बालबालिकाको विवाह भएको छ ।

बालविवाहको यो डरलाग्दो तथ्यांकका बाबजुद राज्यका विधायक यसलाई अन्त्य गर्ने कानुन पारित गर्न हिच्किचाइरहेका छन्, किनकि विवाहपूर्व गर्भधारणबाट उत्पन्न समस्याको भरपर्दो समाधान विवाह नै हो भन्ने उनीहरूमध्ये धेरैको विश्वास छ ।

अमेरिकी विदेश मन्त्रालयले गत वर्ष सार्वजनिक गरेको वयस्क युवतीलाई सशक्त बनाउने अमेरिकी रणनीतिको प्रमुख लक्ष्यमा बालविवाह र जबर्जस्ती विवाहलाई घटाउने उल्लेख छ । विकासोन्मुख देशको तुलनामा अमेरिकामा बालविवाहको संख्या तुलनात्मक रूपमा थोरै भए पनि यो संख्याले धेरैलाई झस्काएको छ । सन् २००० देखि २०१० सम्म विवाह गर्ने धेरै बालिकाले आफूमध्ये धेरै नै परिपक्व वयस्कसँग विवाह गरेको तथ्यांकले देखाएका छन् । कम्तीमा ३१ प्रतिशतको विवाह २१ वर्ष वा सोभन्दा माथिका पुरुषसँग भएको थियो । वास्तविक संख्या सम्भवतः निकै उच्च छ, किनकि केही राज्यले पति र पत्नीको उमेर दिएका छैनन् । कुनै बालिकाको विवाह अन्तर वा दुलाहा र दुलहीबीचको विवाहको अन्तर गहिरो छ, जसका कारण राज्यको कानुनअनुसार उनीहरूको संवैधानिक बलात्कार भएको छ ।

(रेइस अमेरिकामा बालविवाहविरुद्ध कार्यरत संस्था ‘अनचेन्ड एट लास्ट’ नामक गैरनाफामूलक संस्थाकी संस्थापक हुन्)
वासिङटन पोस्टबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK