नेपालका वरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठको दुखद निधनप्रति प्रबासी नेपालीहरुले अमेरिकाको राजधानी वाशिंगटन डिसीमा एक श्रदान्जली सभा आयोजना गरे।
राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको सेन्टरभिलमा डिसेम्बर ९ शनिबार अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा सभा आयोजना गरियो।
पेन्सिल्भानिया र म्यारिल्याण्ड राज्यका लागि नेपाल सरकारका अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महतको प्रमुख आतित्यमा भएको उक्त श्रदान्जली सभामा नेपाली भाषामा साहित्यकार डा.कविताराम श्रेष्ठले गरेका योगदानको बारेमा विभिन्न बक्ताहरुले बोलेका थिए।
कार्यक्रमको शुरुमा उपस्थित सबैले श्रेष्ठको फोटोमा माल्यार्पण र १ मिनेट मौनधारण गरिएको थियो।
समारोहमा मन्तव्यराख्दै अन्तराष्टिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले नेपाली साहित्यको एक विधा अस्वीकृत बिचार कविताराम श्रेष्ठले नै शुरु गरेको बताए।
अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोसाइटी १९६७ का अध्यक्ष प्रभा देउजा, पूर्व अध्यक्ष खेम भट्टचन, वोर्ल्ड नेवा अर्गनाईजेसन का अध्यक्ष सिजन श्रेष्ठ, नेवा अर्गनाईजेसन अफ अमेरिकाका अध्यक्ष बबिता श्रेष्ठ, एनपिपिए पासापुच का ऊपाध्यक्ष मनोहर श्रेष्ठ,अन्तरास्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय ऊपाध्यक्ष प्रकाश नेपाल, अमेरिका भ्रमणमा रहेकानेपाल प्रहरीका एआईजी बिज्ञान राज शर्मा लगायत नेपालीहरु श्रद्धान्जली सभामा उपस्थित थिए।
कार्यक्रममा ऊपस्थित हुन नसकेका अन्तरास्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय महासचिब गोबर्धन पूजाले बोस्टन देखी फोनमा बताए । नेपाली साहित्यमा बुद्ध धर्मको साहित्य भित्र्याऊने ब्यक्ती कविताराम श्रेष्ठ हुन्। कार्यक्रम दोबा ढकालले संचालन गरेका थिए।
नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...
संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...
तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...