अमेरिकामा साहित्यकार तुलसी दिवस लाई अभिनन्दन गरिने

ENGLISH

NRN GLOBAL

अमेरिकामा साहित्यकार तुलसी दिवस लाई अभिनन्दन गरिने

विजय थापा,वाशिंगटन डीसी

17 May, 2017 | Bipin Acharya | 735 Views | comments

प्रशिद्ध साहित्यकार तुलसी दिवस लाई अमेरिकाको डिसी महानगर क्षेत्रमा अभिनन्दन गरिने भएको छ । उनलाई आगामी जेठ १३ गते (तदनुसार मे २७ तारिख ) का शनिबारका दिन अभिनन्दन गरिने जानकारी प्राप्त भएको छ ।

साहित्यकार तुलसी सन् २०१३ मा अमेरिका आई अमेरिकाका विभिन्न राज्यमा उनलाई सम्मान गरिनुको साथै उनले एकल कविता वाचन पनि गरेका थिए । उनलाई अभिनन्दन गरिने स्थान र समय भने तोकिएको छैन । उनलाई सन् २०१३ मा डिसी महानगर क्षेत्रमा रहेका बिभिन्न संघ तथा संस्थाले सम्मान गरेका थिए । यस डिसी महानगर क्षेत्रका नेपाली समुदायलाई अभिनन्दन समारोहमा सरिक भै कार्यक्रमको हौशला बढाउन समेत आग्रह गरेका छन् ।

उनले अमेरिका, जापान लगायतका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गरेका छन् । यिनले नेपालमा विभिन्न समयमा प्राध्यापन गरेका छन् भनें विदेशमा पनि विभिन्न पदमा रही भाषा र संस्कृति विषयमा काम गरेका छन्।

तुलसी दिवसले नेपाली साहित्यमा गीत, कविता, कथा लेखेका छन्। त्यसैगरी संस्कृति र लोक संगीत विषयमा दर्जनजति पुस्तक लेखेका छन्। यीनले संकलन गरेका कान्छि मट्याङ्ट्याङ लगायतका लोक गीतहरू एक समय निकै चर्चित थिए।

नेपाली लोककथा, नेपाली लोकबाजाहरू, अङ्रेजी र नेपाली, तुलसी दिवसका कविता, फोकटेल फ्रम नेपाल आदि यिनले लेखेका केही पुस्तकहरू हुन्। यिनले साहित्य, संस्कृति र संगीतको क्षेत्रका विभिन्न पुरस्कार पाएका छन्। सुप्रवल गोर्खाबाहू, एकेडेमी अवार्ड, इन्टरनेशनल इमिनेन्ट पोएट एवार्ड, दिनकर अन्तर्राष्ट्रिय साहित्य पुरस्कार लगायतका पुरस्कार यिनले पाएका छन्।

यिनले त्रिचन्द्र क्याम्पस र पद्मकन्या क्याम्पसमा लामो समय नेपाली भाषा प्राध्यापन पनि गरेका छन्। हाल उनी नेपाली लोकवार्ता तथा संस्कृति समाजको अध्यक्षको रूपमा कार्यरत रहेका छन्। कार्यक्रम बारे बिस्तृत जानकारी छिट्टै आउने भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK