अमेरिकामा सामुदायिक हल निर्माण गर्ने

ENGLISH

NRN GLOBAL

अमेरिकामा सामुदायिक हल निर्माण गर्ने

22 July, 2017 | Bipin Acharya | 865 Views | comments

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्कोमा रहेका नेपालीले सामुदायिक हल निर्माण गर्ने योजना अघि सारेका छन् ।

विभिन्न २८ संस्थामा आबद्ध २५ हजारभन्दा बढी नेपालीको छाता संस्थाका रुपमा रहेको केन्द्रले बहुउद्देयीय सामुदायिक भवन बनाउन लागेको हो । नेपाली सामुदायिक केन्द्र, अमेरिकाका संयोजक उत्तम कार्कीका अनुसार करिब २ मिलियन डलरको सामुदायिक भवन किन्ने तयारी गरेको हो । त्यसको लागि म्याराथन दौडदेखि च्यारिटी राफल चिठ्ठा समेतका आयोजना गर्ने योजना छ ।

२५ वर्षदेखि अमेरिका बस्दै आएका सोलुखुम्बुका कार्कीले चिठ्ठा कार्यक्रम सञ्चालनका लागि स्थानीय प्रशासनबाट स्वीकृति प्राप्त भइसकेको र त्यसका लागि टिकटसमेत छापिसकेको जानकारी दिए । ‘सय डलर प्रतिटिकट राखेर कम्तीमा ५ हजार टिकट बेच्ने योजना छ,’ उनले भने, ‘सामाजिक काममा सहयोग जुटाउन केही नौला कार्यक्रम गर्न खोजेका हौं ।’ उनका अनुसार राफल चिठ्ठामा पहिलोलाई ३० हजार डलर पर्ने टोयोटा क्याम्ब्री कार, दोस्रोमा १० तोलाको हिराको हार र तेस्रोमा ४ वटा सुनको सिक्का राखिएको छ ।

चौथोले नेपाल जानेआउने दुई थान टिकट पाउनेछन् । चिठ्ठा कार्यक्रमबाट मात्र आधा मिलियन डलर उठाउने केन्द्रको योजना छ । आधा रकम जुटाउन सके सामुदायिक भवनका लागि फाइनान्सिङ सम्भव हुने र त्यसका लागि बैंक ग्यारेन्टर फेला परिसकेको उनले जनाए ।

उनका अनुसार कम्ती ५ सय जना अटाउने हलसहितको दसकोठे सामुदायिक भवनमा छुटै किचन, अफिसलगायत कोठा रहनेछन् । ‘राजनीतिक, सांस्कृतिक, धार्मिक कार्यक्रम तथा चाडपर्व मनाउन सामुदायिक हल उपयोगी हुनेछ,’ उनले भने, ‘हरेक धर्म मान्ने नेपालीलाई एउटै छानामुनि भेला पारेर नेपाली समुदायको धार्मिक सहिष्णुता झल्काउने हाम्रो लक्ष्य छ ।’

२५ वर्षअघि पाइलट पढ्न गएका कार्कीको अमेरिकामा आफ्नै व्यवसाय छ । वेस्ट अमेरिका–नेपाली एसोसिएसन (वाना) का अध्यक्ष र नेपाली जनसम्पर्क समिति, अमेरिकाका सल्लाहकारसमेत रहेका उनी सामाजिक कार्यमा पनि सक्रिय छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK