अमेरिकामा सवारी दुर्घटनामा किशोर किशोरीको अकालमा ज्यान यसरी जान्छ ?

ENGLISH

अमेरिकामा सवारी दुर्घटनामा किशोर किशोरीको अकालमा ज्यान यसरी जान्छ ?

2 March, 2016 | Sandeep Bhattarai | 750 Views | comments

bijayदुर्घटना आकस्मिक हुन्छ l साबधानी नअपनाउदा र हेलचक्राई गर्दा अकालमा प्राण जान्छ l हरेक पद्धतिको विकास भएता पनि आखिर अमेरिका विश्वमै सबै भन्दा ज्यादा सडक दुर्घटनामा ज्यान गुमाउने देश भएको छ l अमेरिकामा १५ देखि २० बर्षका किशोर किशोरीहरु सवारी दुर्घटनामा ज्यादा पर्छन l तर विश्वमा सबै भन्दा सवारी साधन दुर्घटना हुने देश दक्षिण पश्चिम अफ्रिकी देश नामिबिया हो l

अमेरिकामा बारम्बार किशोर तथा किशोरीहरुले यातायात नियम उल्लंघन गरेको कारण चालक अनुमति पत्र खारेजी हुन्छ l अमेरिकामा अभिभावकले किशोर अवस्थाका सन्तानलाई गाडीको चाबी दिनु अगाडी यातायात बिभागको तथ्यांक बारे अध्ययन गर्नु भनि पुस्तकमा लेखिएको हुन्छ l​ ​तर ब्यबहारिकतामा अभिभावकले त्यसो गर्दैनन् l आफ्ना सन्तानलाई सबैले असल आँखाले हेर्छन ,अनि कुरा बिग्रन्छ l तर पनि अधिकांसले गाडी दुर्घटना बारे सतर्कता बारे भने पछि चाबी दिने गरिन्छ l

अमेरिकामा ​बार्षिक रुपमा औसत करिब ४३ हजारको सवारी दुर्घटनामा ज्यान जाने गरेको तथ्यांकले देखाएको छ l जस्मा ४० प्रतिशत मदिरा सेवनबाट ज्यान जाने गरेको छ l गाडी चलाउदा सबै भन्दा किशोर अवस्थाका संग साबधान तथा सतर्कता अपनाउनु पर्ने हुन्छ l अमेरिकामा किशोर किशोरीहरुले आफ्नो उमेरको कारण सवारी साधन दुर्घटना आफैले निम्त्याउछन l अमेरिकामा नेपाली किशोर तथा किशोरीहरुको संख्या निकै बढेको देखिएको छ l उनीहरु पनि सवारी दुर्घटनामा पर्ने ,कारवाहीमा पर्ने ,अनुमति चालक पत्र पनि खारेजीमा पर्ने तथा ज्यान समेत गुमाउनु परेको घटना भएका छन् l

अमेरिकामा १८ वर्ष भए पछि किशोर या किशोरी स्वतन्त्र हुन्छन l कडा शब्द प्रयोग गरे कानुन लाग्ने हुन्छ l यो उमेरमा दम्भ रहने ,बाबुआमाको कुरा नसुन्ने र मै हु भन्ने भावना किशोर किशोरीमा हुने गर्छ l अमेरिका बालक काल मै लगिएका आफ्ना सन्तान तथा अमेरिकामा जन्मेका छोराछोरी दिर्घ जीवि रहुन भन्ने चाहना राख्ने हो भने नेपाली समुदायका अभिभावकले सडक दुर्घटना र भयावहको स्थिति बारे तथ्यांक कण्ठ गर्न अति जरुरी हुन्छ l अपरिहार्य रुपमा हुर्केका आफ्ना सन्तानलाई जानकारी दिएन भने अकाल मृत्यु हुन् बाट बचाउन सकिदैन l

अमेरिका आए पछि अमेरिकाको हावा लाग्ने र साथी संगतमा फ़स्दछन l कोहीकोही अमेरिका आएको केहि बर्षमा नै अमेरिकन भन्दा ज्यादा अमेरिकन उनीहरु हुन्छन l अमेरिकामा कमाई भए पछि मान्छेलाई मान्छे नगन्ने प्रवृतिको विकास झाँगिदै जान्छ l

अमेरिकामा स्थापना भएका स्वस्थ्य अनुसन्धान सोध तथा खोज गर्ने संस्थाहरुले किशोर तथा किशोरीमा आक्रमक ,जुझारु ,तनाबपूर्ण तथा उदासीपन हुनुको कारण शरीरमा एक प्रकारको हर्मन (रसायन )को वृद्धिले गर्दा हुन्छ भनि जनाएको छ l

किशोर अवस्थामा हर्मोनको परिवर्तनको कारण मस्तिष्कमा ठुलो परिवर्तन पनि आउने हुन्छ l जसको कारण गम्भीर मानसिक समस्या उत्पन्न हुन्छ l अमेरिकन फ्यामिली फिजिसियनले अनुसन्धान अनुसार १५ प्रतिशत किशोर अवस्थामा एक प्रकारको डिप्रेसन(उदासीपन )को लक्षण पनि देखा पर्दछ l ९ देखि १७ बर्ष सम्म उमेरका किशोरहरु करिब ५ प्रतिशत डिप्रेसन (उदासी) समस्या बाट ग्रस्त हुन्छन l हाम्रा सन्तानहरु पनि यसका शिकार भएका त छैनन् ? हामीले ख्याल गरेका छौ त ?

अमेरिकाको एक तथ्यांक अनुसार झन्डै ३३ प्रतिसत उच्च विद्यालयका विद्यार्थीहरु गाडी कुदाएको बेलामा टेक्स (संदेश )गर्दा अकालमा ज्यान समेत जाने गरेको छ l गाडी कुदाउदा १५ देखि १९ बर्षका किशोरहरु विक्षिप्त (डिसट्रयाकटेड ) भै १२ प्रतिशत खतरापूर्ण दुर्घटनामा पर्ने गर्छन भने २० वर्ष मुनि उमेरका ठिटीहरुले गाडी भित्र नै श्रंगार गर्दा ध्यान पुग्न नसकी दुर्घटना हुने गर्दछ l

५६ प्रतिशत किशोरले गाडी कुदाई रहेको बेलामा दोहोरो कुराकानी कुरा गरेको स्वीकार गर्छन भने १३ प्रतिसतले टेक्स (संदेश)गर्ने गरेको कबुलेका छन् ​l ​यसै गरि ३४ प्रतिशत १६ देखि १७ वर्ष उमेरकाले कार कुदाई रहेको समयमा दोहोरो संदेश चल्ने बताएका छन् भने १२ देखि १७ बर्षका बाल बालिकाले ४८ प्रतिसत छोटो संदेश गर्ने तथ्यांकले देखाएको छ l

अमेरिकामा २१ वर्ष उमेर पुगे पछि मात्र मादक पदार्थ सेवन गर्न पाइन्छ तर गोप्य रुपले मादक पदार्थ सेवन गरि गाडी कुदाउने गर्ने गर्छन ​१ चौथाई खतरा दुर्घटनामा पर्दछन् l

कम उमेरमा सेवन गरि यसरि गाडी चलाउदा दुर्घटना हुने ७ गुणा ज्यादा हुने सम्भावना हुन्छ l १५ .१ प्रतिशत १८ देखि २० वर्ष उमेरकाले सवारी साधन कुदाएको बेलामा मध्यपानको प्रभावको कारण ठूलो दुर्घटनाको शिकार हुन्छन l​ ​उच्च माध्यमिक विद्यालयका बिद्यार्थीहरु करिब ८.२ प्रतिशतले मदिरा सेवन गरि गाडी कुदाईएको पाईएको छ भने १२ कक्षाका १३. ५ प्रतिशतले मध्यपान गरि गाडी कुदाउछन् l

१५ देखि २० वर्ष उमेरका चालकहरु ३३ प्रतिशत शरीरमा अल्कोहलको मात्रा को सिमा नाघेको कारण मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ​l ​यस्तैगरी ६० प्रतिशत युवा चालकहरुले सवारी साधनमा पेटी नलगाएको कारण दुर्घटनामा पर्छन भने ७० प्रतिशत युवा चालकहरु कम उमेरमा मदिरा सेवन गर्दै पेटी पनि नलगाई गाडी हाक्ने क्रममा मृत्यु हुने गरेको छ l​

​यसैगरी २७ प्रतिशत किशोरहरु ठूलो दुर्घटनामा मदिरा सेवन गरि पर्छन भने किशोरको तुलनामा किशोरीहरु केवल १५ प्रतिशतले मात्र डरलाग्दो दुर्घटनामा पर्ने गरेको देखाएको छ l

अमेरिकामा ९० को दशक देखि नेपाली समुदायको जनघनत्व बिज गणतीय रुपमा वृद्धि हुदै छ l यो क्रम निरन्तर बढ्दै छ l कतै हाम्रा किशोर तथा किशोरीहरु यस्ता गतिबिधिमा संलग्न त छैनन् ? हाम्रा मुटुका टुक्राहरुलाई कतै अकाल मृत्युको मुखमा परि सदाको लागि बिदा गर्नु पर्ने त हैन l कतै यसैको कारण ठुलो दुर्घटनाबाट परि अपांग भै जीवन भर पछुतो दुखी दुखको जीवन बिताउनु पर्ने त हैन ? कतै हामीले यातायात बिभागले दिएको निर्देशिका पढ्न हामीले कतै अल्क्षी पो गरेका छौ कि ? हामीले सतर्कता अपनाउन सक्यौ भने मात्र सन्तान साथ अमेरिका आएको सपना पुरा हुने छ l नत्र जिन्दगि भर पछुताउनु बाहेक कुनै बिकल्प हुदैन l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK