गत शनिबार शिक्षाविद् तथा समाजसेवी शिव लाल धिताल नेपाल विश्व सहयोग संघ (एनएजिसि)द्वारा अमेरिकाको क्यालिफोर्नियामा अभिनन्दित हुनु भएको छ।
झन्डै ४ दशक देखी शिक्षा क्षेत्रमा उदाहरणीय सेवा गरेको र फाउन्डेसन फर नेप्लिज ब्लाइन्ड स्टुडेन्ट मार्फत सैयौँ दृष्टिविहीन विद्यार्थीहरुको लागि अपूर्व योगदान पुर्याउनु भएकोलागि सो अभिनन्दन गरिएको हो।
अभिनन्दन पत्रमा उहाँलाई शिक्षा क्षेत्रमा दीर्घसेवा गरेकोमा हार्दिक प्रसँसा गर्दै बिभिन्न संघ संस्था मार्फत समाजलाई सही दिशा तर्फ डोर्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै मानवताको सेवा गरेको उल्लेख छ। सो अभिनन्दन पत्र एनएजिसि प्रथम महिला, एनएएनसि उपाध्यक्ष तथा लायन्स क्लब अफ बर्किली अन्नपूर्णको पूर्व अध्यक्ष हेमा पनेरुद्वारा शिवलाल धितालको सम्मानमा आयोजना गरिएको एक विशेष रात्रीभोजको अवसरमा प्रदान गरिएको हो।
नेपाल विश्व सहयोग संघ एनएजिसि का संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले अभिनन्दन पत्र पढ्नु भएको थियो भने प्रमुख अतिथिको हैसियत्ले पश्चिम अमेरिका नेपाली महासंघको अध्यक्ष तथा नेपाली कम्युनिटी सेन्टर तदर्थ समितिका अध्यक्ष उत्तम कार्कीले प्रदान गर्नु भएको थियो। सो अवसरमा नेपाली कांग्रेस गोरखाका वयोवृद्ध तथा सम्मानित नेता लोक प्रसाद ढकाल, नेपाली कांग्रेस गोरखाका पूर्व सभापती बुद्धि लामिछने, समाजसेवी जयराम टमटा, लायन्स क्लब अफ सान लियान्द्रोका चार्टर प्रेसिडेन्ट तथा जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सदस्य चन्द्र धिताल, शिक्षाविद् सुरेश भट्ट आदिले सम्वोधन गर्दै सम्मानित व्यक्तित्व धिताललाई हार्दिक शुभकामना दिनु भएको थियो
यसअघि बिभिन्न एनएजिसीद्वारा व्यक्तित्वहरु सम्मानित भईसके पनि नेपाल विश्व सहयोग संघले अभिनन्दित गरिएका व्यक्तित्वहरुमा धिताल तेस्रो व्यक्तित्व हुनुहुन्छ। पहिलो अभिनन्दित व्यक्तित्व नोबेल पुरस्कार विजेता स्वर्गिय चार्ल्स टाउन्स , दोश्रोमा अमेरिकी स्थानिय सरकारमा निर्वाचित प्रथम व्यक्ति किरण रन सिटौला हुनुहुन्छ।
अन्य सम्मानित व्यक्तित्वहरुमा कलाकार भुवन केसी, सरोज खनाल, सपना श्री, नरेन्द्र प्यासी, गोपाल नेपाल (फिस्टे), सन्तोष पन्त हुनुहुन्छ भने समाजसेवीहरुमा अनिल पाण्डे, चन्द्र धिताल, ॠषि ढकाल, राजेन थापा, समाजसेवी हेमा पनेरु, दिक्पाल केसी तथा उत्तम कार्की हुनुहुन्छ। त्यसै गरी समाजमा उत्कृष्ट सेवा पुर्याएवापत एनसि तमु समाज, क्रियटिभ नेपाल युथ अर्गनाइजेसन, सनी सगरमाथा समाज तथा दि ह्वाइट जोनलाई एनएजिसिले सम्मान गरिसकेको छ।
सो अवसरमा जनसंपर्क समिती अमेरिकाका केन्द्रिय समितिका वरिष्ठ उपाधक्ष धनन्जय नरसिंह केसी, एनएएनसिका महासचिव प्रितेश कार्की, नेको फाउन्डेसनका अध्यक्ष विश्व भट्ट, जनसंपर्क समिती उत्तर क्यालिफोर्निया च्याप्टरकी उपसभापती लक्ष्मी कार्की, सचिव हरी भट्ट, एनआरएनए क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण चन्द्र बानियाँ, एनएजिसि अन्तराष्ट्रिय उपाध्यक्ष प्रिन्स युवराज कार्की, एनएजिसि संस्थापक उपाध्यक्ष सोनिया दाहाल, पत्रकार सर्वज्ञ वाग्ले तथा सागर श्रेष्ठ, शिक्षावविद् सुरेश भट्ट, समाजसेवी गंगा लिम्बु, युवराज भट्ट, माया टमटा, रिना कार्की लगायत उल्लेख्य व्यक्तिहरुको उपस्थिती थियो।
एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...
साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...
संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...
विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...
नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...
अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...