अमेरिकामा शरणार्थी बन्न खोज्ने नेपालीलाई अदालतको फैसलाले दियो धक्का

ENGLISH

NRN GLOBAL

अमेरिकामा शरणार्थी बन्न खोज्ने नेपालीलाई अदालतको फैसलाले दियो धक्का

1 July, 2017 | Bipin Acharya | 590 Views | comments

अमेरिकामा राजनीतिक शरण (एसाइलम) माग गरिरहेका तीन हजारभन्दा बढि नेपालीहरुलाई त्यहाँको एक पुनरावेदन अदालतले हालै गरेको एउटा फैसलाले धक्का दिएको छ । नेपालको राजनीतिक अवस्थामा सुधार आएको भन्दै सो अदालतले त्यहाँ एसाइलम खोज्ने एक नेपालीलाई ग्रीन कार्ड दिनु नपर्ने फैसला सुनाएको हो ।

न्यूयोर्कस्थित पुनरावेदन अदालत युनाइटेड स्टेट्स् कोर्ट अफ अपिल्स फर द सेकेन्ड सर्किट’ ले भनेको छ, ‘पछिल्लो समय नेपालको राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको छ । परिवर्तित अवस्थामा नेपाली नागरिकलाई त्यहाँ कुनै खतरा छैन ।’

नेपालका रुद्रनरसिंह थापा क्षेत्रीले आफू कांग्रेसको कार्यकर्ता भएको र माओवादीले मार्ने धम्की दिएकाले नेपाल फर्किन सक्ने अवस्था नरहेको भन्दै एसाइलमका लागि निवेदन दिएका थिए । तर, सन् २०१४ को जूनमा इमिग्रेसन सम्वन्धी न्यायाधीशले उनको निवेदन अस्वीकार गरिदिए । त्यसपछि थापा २०१६ मा पुनरावेदन अदालत गएका थिए । पुनरावेदनले गत मे १६ मा फैसला सुनाउँदै उनको दाबी अस्वीकृत गरिदिएको हो ।

नेपालको अवस्था आवेदकले दावी गरेजस्तो त्रासदीपूर्ण नरहेको पुनरावेदनको फैसलामा उल्लेख छ ।

पुनरावेदनको यो फैसलाले अमेरिकामा एसाइलम खोजिरहेका ३ हजार ६ सय १ नेपालीहरुलाई चिन्तामा पारिदिएको छ । यी नेपालीहरुले पनि आफूलाई माओवादीबाट खतरा रहेको भन्दै एसाइलमको लागि आवेदन दिएका थिए, जुन अहिले विचाराधिन अवस्थामा छ । पुनरावेदनको फैसलालाई नजिर मानेर यी नेपालीहरुका आवेदन पनि स्वीकृत हुन सक्ने सम्भावना रहेको विश्लेषण गर्न थालिएको छ ।

नेपालीहरुका एसाइलमसम्वन्धि विचाराधिन मुद्दाहरुमध्ये न्यूयोर्कको अदालतमा मात्र २ हजार १० वटा छन् । त्यसैगरी क्यालिफोर्नियामा ७ सय ५६ र टेक्सासमा २ सय ६६ वटा मुद्दा विचाराधिन छन् ।

न्यूयोर्कको पुनरावेदन अदालतले गरेको फैसलामा अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनलाई उद्वृत गर्दै नेपालमा दोस्रो संविधानसभा चुनावमार्फत वैधानिक सरकारको निर्माण भएको र संविधान सभामा कांग्रेस नै ठूलो पार्टी भएको उल्लेख छ ।

नेपालमा माओवादी द्वन्द्व चर्किएका बेलामा हजारौं नेपालीहरुले असाइलम मुद्दामार्फत अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सफल भएका थिए । पछिल्लो दिनमा नक्कली कागजात र फर्जी राजनीतिक कारण देखाउँदै राजनीतिक शरण लिने नेपालीहरुको संख्या ह्वात्तै बढेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK