अमेरिकामा व्यस्त नायिका नन्दिता केसी

ENGLISH

NRN GLOBAL

अमेरिकामा व्यस्त नायिका नन्दिता केसी

1 July, 2016 | Bipin Acharya | 1485 Views | comments

nandनेपाली नायिका नन्दिता केसी हाल बिशेष कार्यक्रममा सहभागी हुन् अमेरिका आई पुगेकी छिन l केहि दिन अगाडी अमेरिका आई पुगेकी अभिनेत्री केसी अमेरिकाका बिभिन्न शहरमा बिदेशी तथा नेपाली समुदायका संघ तथा संगठनका बिभिन्न कार्यक्रममा सहभागी हुने भएको छिन् l

नायिका केसीको ,यस पटक समेत गरेर अमेरिकाको दोश्रो भ्रमण हो l यस पटक उनि पहिलो पटक जस्तै केवल आफ्नो प्रस्तुतिक लागि मात्र अमेरिका टेकेकी हैनन् l अमेरिकाको उनको पहिलो भ्रमणमा बिदेशी तथा नेपाली समुदायले उनको प्रस्तुतिलाई निकै मन पराएका थिए l बिदेशी तथा नेपाली समुदायले गरेको हौशला ,माया तथा उत्प्रेरणाबाट निकै उत्साहित भएकी नायिका केसी यस पटक फरक जिम्मेबारी लिएर अमेरिका आएको बताइन l

कलाकार केसीले सांगीतिक प्रस्तुति मात्र नभई बिभिन्न कार्यक्रममा निर्णायक ,मुख्य अतिथि ,अतिथि तथा अतिथि कलाकार हुन् मौका मिलेकोमा खुशी ब्यक्त गरेकी छिन् l

अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ को सप्ताहान्तमा हुन् गइ रहेको एटलान्टा एएनए सम्मेलनमा हुने प्रतिभा प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएकी छिन l

जुलाई १ देखि ४ सम्म संचालन हुने एएनए सम्मेलनमा सांस्कृतिक कार्यक्रम ,भेषभुषा प्रदर्शनी तथा समग्र कार्यक्रममा अतिथि कलाकारको रुपमा सहभागी समेत हुने भएको बताईन l

नायिक नन्दितालाई जुलाई महिना भर भ्याई नभ्याई छ l आगामी क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा हुन् गइ रहेको वर्ल्ड फिल्म फेस्टिबलमा बिशेष अतिथि तथा अतिथि कलाकार समेत भै प्रस्तुति गर्ने अवसर पाएकोमा उत्साहित भएकी छिन् l वर्ल्ड फिल्म फेस्टिबल आगामी जुलाई २२ देखि ३० सम्म चल्ने छ l

यसै गरिआगमी जुलाई ३० मा डिसी क्षेत्रमा हुने समर म्युजिकल साँझ नामक कार्यक्रममा समेत बिशेष प्रस्तुति तथा अतिथि कलाकारको रुपमा उनको प्रस्तुति रहने छ l

कलाकार भएको नाताले चलचित्र सम्बन्धि कुराकानी गर्ने क्रम नायिका नन्दिताले भनिन अमेरिका लगायत विदेशमा पनि नेपाली चलचित्रलाई मन पराउन थाल्नु भएकोमा खुसी लागेको र अमेरिकामा पनि नेपाली चलचित्रको राम्रो अवस्था आफुले देखेको बताईन l

कति को ब्यस्त हुनु हुन्छ भन्ने क्रममा उनले भनिन बिभिन्न शहरहरुमा नेपाली समुदायका कार्यक्रममा बिशेष अतिथि तथा अतिथि कलाकारको बारेमा कुराकानी चलि रहेको बताइन l

उनलाई भूकम्पमा कस्तो भूमिका रहेको थियो भन्ने सवालमा अमेरिका आउनु अगाडी काभ्रे जिल्लाको एक बिद्यालयलाई पुनर्निर्माण गरि हस्तान्तरण गरेको बताईन l भूकम्पमा ठुला ठुला भवन बनाउन नसकेता पनि केहि गर्न सकेकोमा हर्ष व्यक्त गरिन l उक्त पाठशालाका बिद्यार्थीले कलाकारलाई पर्दामा मात्र देख्ने गरेको तर कलाकारलाई प्रतक्ष्य देख्न पाउदा कलाकारहरु भगवान रहेछन भनि मुक्त कण्ठले प्रशंसा गर्दा निकै गर्व लागेको बताईन l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK