अमेरिकामा राजदूत कार्कीलाई नासोले लक्ष्मी परियारको हत्या सम्बन्धमा ज्ञापन–पत्र बुझायो 

ENGLISH

NRN GLOBAL

अमेरिकामा राजदूत कार्कीलाई नासोले लक्ष्मी परियारको हत्या सम्बन्धमा ज्ञापन–पत्र बुझायो 

बिजय थापा ,वाशिंगटन डीसी 

22 December, 2016 | Sandeep Bhattarai | 1155 Views | comments

अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित क्रियाशील गैर मुनाफा सामाजिक संस्था नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी (नासो कम्यूनिटी )अमेरिका लगायत अन्य संघ संस्थाको पहलमा डिसेम्बर २१ तारीख नेपाली राजदुतावासलाई लक्ष्मी परियारको हत्या सम्बन्धमा ज्ञापन–पत्र बुझाएको छ l

नासो कम्युनिटी

नेपालमा जातीय विभेदको आडमा भइरहेको श्रृंखलाबद्ध घटनाहरु यथाशिघ्र रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराउंदै लक्ष्मी परियार हत्या प्रकरण सम्बन्धमा ज्ञापन पत्र अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की(बिद्या वारिधि ) लाई बुझाईएको छ l
 
सानोवाङथली ७, काभ्रेकी ३२ वर्षीय लक्ष्मी परियार, २०७३ मङ्सिर २० गते स्थानीय शिक्षक हिरा लामा र निजकी आमा काइलीमाया लामा लगायतले मलमुत्र खुवाइ कुटपिट गरिएका कारण मङ्सिर २४ गते मृत्यु भएको घटनाले नासो कम्यूनिटी अमेरिका स्तब्ध भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरेको छ l
 
नासो कम्यूनिटी अमेरिकाले यस घटनालाई जातीय विभेदको आडमा भएको मानवता विरुद्धको घोर अपराधको रुपमा लिएको जनाएको छ lउक्त ज्ञापन पत्रमा एउटी दलित महिला माथि यति अमानवीय, क्रुर र बर्बर घटना हुनु अत्यन्त निन्दनीय छ । यसले राष्ट्रिय र अन्तराष्ट्रिय कानुनको खिल्ली उडाएको छ भनी राजदूत मार्फ़त प्रधानमन्त्री पुष्पकमल दाहाल लाई संबोधन गर्दै ज्ञापन पत्र राजदूतलाई बुझाइएको हो ।
 
दलित तथा उत्पीडित समुदाय माथि श्रृंखलाबद्ध विभेद र हत्याले राज्यको उदाशिनताको वोध गर्दछ । जनताको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनबाटै घटनाको ढाकछोप गरीनुले विधिको शाशन माथि प्रश्न उठेको भन्दै यस्ता घटनामा नेपाल सरकार गम्भीर होस भनी ध्यानाकर्षण गराएको छ l
 
घटनामा संलग्न दोषिहरुलाई कार्वाही प्रक्रिया अगाडि नबढाउनु राज्यको चरम लाचारीपना हो । र  घटनामा संलग्न दोषिहरुलाई यथाशिघ्र कार्वाहीको हामी जोडदार माग गर्दछौं भनी ज्ञापन पत्रमा उल्लेख गरेको छ । 
 
साथै, पीडित वस्तीमा डर, त्राश र प्रमाण मेटाउन अन्य अर्को अपराधिक घटना हुने प्रवल साम्भावना रहेको हुनाले, उक्त वस्तीमा शान्ति सुरक्षा कडा बनाईयोस् भनी नेपाल सरकारसंग जोडदार माग गर्दछौं भनी उल्लेख गरेको छ lपीडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकको बाल बच्चाको संरक्षण ,बालबच्चाहरुको नि:शुल्क शिक्षा र सम्पुर्ण लालनपालनको ग्यारेन्टी हामी नेपाल सरकारसंग माग गर्दछौं भनेको छ l
 
यसको साथै संयुक्त राजनीतिक दलित संङघर्ष समिति र दलित नागरिक समाज लगायत विभिन्न अधिकारिकर्मी संघ संस्थाहरुले गरेको आन्दोलन र मागहरु प्रति नासो कम्यूनिटी अमेरिका ऐक्यबद्धता जनाउंदै उक्त मागहरु पुरा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउंदछौं भनी ज्ञापन पत्रमा जनाएको छ l 
 
लक्ष्मी परियारमाथि भएको क्रुर, बर्बर र अमानवीय व्यवहारलाई ढापछोप गरी उल्टै झुठामुद्दामा ६ हजार रुपैयां पीडक पक्षलाई तिर्नुपर्ने भन्दै कागज गराउने प्रहरी अधिकारीलाई तत्काल कारवाही गरियोस् । राजनीतिक तथा आर्थिक प्रलोभन र प्रभावमा पारी यस घटनामा दोषि छुट्ने र निर्दोषलाई फसाउने नियत देखिएकोले हिरासतमा रहेका आरोपितहरुलाई निस्पक्ष सुनुवाइको व्यवस्था गर्न हामी माग गर्दछौं भनी ज्ञापन पत्र नेपाल सरकारलाई राजदूत मार्फ़त हस्तांतरण गरेको छ 
 
यस घटना लगायत जातीय विभेद र मानव अधिकार उल्लंघनका घटनाहरुमा नेपाल सरकार गम्भीर नभए नासो कम्यूनिटी अमेरिका लगायत प्रवासमा रहेका संघ संस्थाहरु विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा दबाब र आन्दोलन गर्न बाध्य हुनेछौं भनी ध्यानाकर्षण समेत गराएको छ l
 
राजदुतावासमा  ज्ञापन पत्र बुझाउन ऐक्यबद्धता देखाउने संघ तथा संस्थाहरुमा नासो कम्यूनिटी अमेरिका, केन्द्रीय समिति अध्यक्ष,गोपाल विश्कर्मा,नासो कम्यूनिटी अमेरिका, न्युयोर्क च्याप्टर रायन लाम्गादे ,दलित अधिकारका लागि अन्तराष्ट्रिय आयोगका डि.बि. सागर विश्वकर्मा ,बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका का अध्यक्ष कुलमणि आचार्य ,गैरआवसीय नेपाली संघ, मेरिल्याण्ड ,अन्तराष्ट्रिय नेपाली साहित्य समाज,  मेरिल्याण्ड  ,कास्की समाज, अमेरिका ,म्याग्दी समाज, अमेरिका मोदीकाली समाज, अमेरिका तमु समाज, मेरिल्याण्ड रहेका थिए 
 
यसै गरि नासो कम्यूनिटी अमेरिकाका पूर्व अध्यक्ष धरम बिश्वकर्मा ,डीसी महानगर क्षेत्र अन्य ब्यक्तिहरुमा धनु नेपाली ,पूर्ण सिंह बराईली ,दिलीप नेपाली तथा बिष्णु बिश्वकर्मा समेत ज्ञापन पत्र बुझाउन गएका थिए ज्ञापन पत्र बुझाए पछि राजदूत कार्कीले नेपाल सरकारलाई यो कुराको जानकारी गराउने बताएका थिए l

मेरी ममीलाई मंगलबार स्कुलको पोलमा बाँधेर कुट्दै दिसा खुवाए, शुक्रबार ममी बित्नुभयो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK