अमेरिकामा यूवा कलाकार निक्की कार्की यौन उत्पीडनको शिकार(भिडियो सहित)

ENGLISH

NRN GLOBAL

अमेरिकामा यूवा कलाकार निक्की कार्की यौन उत्पीडनको शिकार(भिडियो सहित)

विजय थापा वाशिंगटन डिसी

24 September, 2017 | Sandeep Bhattarai | 1785 Views | comments

निक्की

अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी यूवा कलाकार निक्की कार्की यौन उत्पीडनको शिकारमा परेकी छिन् l २० वर्षीय किशोरी निक्की कार्कीलाई नेपालीले यौन दुर्व्यवहारको प्रयास गरेका छन् l

नर्थ क्यारोलिनाका सुशील नेपाल नामक व्यक्तिले किशोर अवस्थाकी एक कलाकारलाई प्रस्तुति गर्न क्यालिफोर्नियाबाट नर्थ क्यारोलिना आउँदा हौशला र प्रोत्साहन गर्नुको सट्टा कुदृष्टि राखी यौन दुर्व्यवहारको प्रयास गरेका छन् l

उक्त घटना गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायीका निक्की कार्की माथि यौन दुर्व्यहार भएको हो l

पीडित कार्कीले संस्था कै तर्फबाट आफूले न्याय पाऊ र कारवाहीको माग गर्दै नासा-अन्माको संयुक्त सम्मेलनमा आयोजकलाई कुरा राखेको उनले भिडियो (श्रब्य दृश्य )मार्फत बताएकी छिन् l घटना गतेको करिब २ हप्ता बितिसक्दा पनि सो घटनाका आरोपीलाई कुनै सार्वजिक तथा संस्थागत कारवाही नगरिनुले घटनालाई लुकाउन खोजेको महसुस गरि उनले आफ्ना कुराहरु प्रत्यक्ष प्रसारण मार्फत भनेकी छिन् l उनले सबै संग सल्लाह र सुझाव मागेकी छिन् l

यत्रो दिन सम्म आफुले पर्खेको र आफुले संस्थाबाट नै कुनै ठोस निर्णय नदिएकोले आफूले सार्वजनिक रुपमा आफु माथि घटेको कुरा स्पष्ट संग उजागार गरेकी छिन् l

उनले गत सेप्टेम्बर २१ तारिखका दिन उनले सामाजिक संजाल फेसबुक (मुहार पुस्तिका )मार्फत आफू पीडित भएको र पीडामा डुबेको बताएकी छिन् ल आयोजक संस्था भित्र कै सुशील नेपालले गायीका कार्की माथि पटक पटक यौन दुर्व्यवहार गर्न खोजेका थिए l

सुशील नेपाल को नियति माथि शंका र उपशंका ? कुदृष्टि राख्दै कस्ता कस्ता बहाना गरे र के के भने ?

पहिलो ,नेपालले कार्यक्रमको दिन बिहान ५ बजे विमानस्थलमा गायीका कार्कीलाई आफ्नो निजि गाडीमा लिन गएका थिए l तर उनले गायिका कार्कीलाई कसैले सोधेमा उबर(ट्याक्सी)मा आएको भन्नु , म लिन आएको नभन्नु भनेका थिए l कार्कीले त्यो शब्द सुने पछि ज्यादै पिडामा परेको भिडियोमा उल्लेख गरेकी छिन् l

दोश्रो ,नेपालले पाहुना घरमा पुगी सकेपछि अहिले अतिथि गृहमा कोठा लिन नमिल्ने र आफ्नो कोठामा सपरिवार रहेको बताएका थिए l तर निक्की कोठामा पुगे पछि कोहि नभएको र निज व्यक्तिले एकै ओछ्यानमा सुत्न भनेको कुरा उनले बताएकी छिन । र बीचमा सिरानी राखेको देख्दा योजना रहेको उनलाई लागेको भिडियोमा पनि जनाएकी छिन् l

उनी नेपाल ले भौतिक रुपमा केहि गर्छ भन्ने जस्तो लागेर केहि गर्यो भने प्रहरी लाई बोलाउछु भनि आफ्नो संचार माध्यम फोन (भ्रमण ध्वनि ) तयार रहेको उनले भिडियोमा पनि बताएकी छिन् l

तेश्रो ,कलाकार निक्कीले आफ्नो कार्यक्रम सके पछि नेपाल आएर बियर (जौ मदिरा )खान आफ्नो कोठामा आग्रह गर्दा आफु कहिले पनि जौ मदिरा खादिन भनेको समेतले नेपालको नियत प्रष्ट भएको बुझिन्छ l अमेरिकामा २१ बर्ष देखि मात्र मध्यपान गर्न पाइने कानुन छ तर उनले कोठामा गएर संगै पिउने नियत माथि अझ शंका उपशंका उब्जिएको छ l

चौथो , कलाकार निक्किले गीत गाए पछि कार्यक्रम सकिए पछि आफ्नो कोठामा उनको परिश्रम वापत चेक (धनादेश )लिन आउन भनेको र आफुलाई अत्यन्त डर र असुरक्षित महसुस भएकोले सम्पूर्ण घटनाको जानकारी कार्यक्रम मै भेट हुनु भएकी एक महिला मार्फत आफ्नो पिडा सार्वजनिक गरेको कुरा बताएकी छिन l

त्यति मात्र नभई प्रहरीलाई समेत गुहार मागेको निक्कीले बताएकी छिन् l प्रहरीले कुनै भौतिक क्षति नपुर्याएको र भौतिक आक्रमण तथा स्पर्श नगरेको हुनाले संस्थागत प्रक्रिया बाट नै आउनु भनेकोले अन्तिम निर्णय संस्था बाट आउने अपेक्षामा रहेको थिए तर नआएकोले कुरा राखेको भिडियोमा उल्लेख छ l

स्थापना काल देखि अमेरिकाकै सबै भन्दा राम्रो र कहिले विवाद नआउने ,राजनीतिको गन्ध नआउने नेपालीहरुको संस्था नासा-अन्मा पनि विवादमा त्यसै तानिने भएको छ l संस्थाले निर्णय ढिलो गरि दिएको हुनाले कलाकार निक्किले बाध्य भै सार्वजनिक गरेकी हुन् l

विदेशमा नेपाली ले नेपाली माथि त्यसमा पनि एउटा किशोरी यौन दुर्व्यवहारको शिकारमा पर्नु यो जस्तो दुर्भाग्य केहि हुन् सक्दैन l कलाकारहरु राष्ट्रका गहना र सम्पत्ति हुन् भन्ने कुरा केवल फोश्रो नारा मात्रमा सिमित रहने छ कि भन्ने यो घटनाले देखाएको छ l

मानवीय नाता , नारी संवेदना ,नेपाली आस्था र गौरव सबै गैरआवासीय नेपालीहरुको उद्देश्य संग जोडिएको ले यस्ता निन्दनीय घटना नहुन हामी सचेत हुन् जरुरि छ l महिलाहरुको अस्मितामा खेलवाड गर्ने कोहि पनि व्यक्ति कानुन बाट उम्कन नपाउन l

यी किशोरी युवा गायिका निक्की कार्कीको यो भिडियो हेरौ :

एनआरएनए अमेरिकाका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५...

साफ

महिला यू-१५ साफ फुटबल सेमिफाइनल : भारतसंग नेपाल २-१ ले पराजित

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल...

फुटबल

एसियाड फुटबलमा नेपाल भियतनामसंग २-० ले पराजित

इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा...

नेपाल फिफा वरियतामा १६१ औं स्थानमा यथावत

विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल १...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK