अमेरिकामा यसरी मनाइदै छठ पर्व

ENGLISH

NRN GLOBAL

अमेरिकामा यसरी मनाइदै छठ पर्व

27 October, 2017 | Bipin Acharya | 2040 Views | comments

अमेरिकाको डिसी महानगर मा नेपालका तराई जिल्ला तथा शहर बाट आएका तराईबासीको पहलमा डिसी क्षेत्रमा छठ पर्व ३ दिन सम्म चल्ने छ । गत अक्टोबर २५ तारिख देखि डीसी क्षेत्रको निजि निवासमा भेला भै छठ पर्व सुरु गरेका छन् ।

अक्टोबर २६ तारिख डीसी महानगर क्षेत्रको पोटोम्याक नदी स्थित अलगोनकिएन पार्कमा साँझमा पूजा गरिएको छ । उक्त छठ पूजाको लागि अन्य राज्यहरु बाट समेत व्रतालुहरु आएका छन् । साँझ ४ बजे देखि सुरु भएको उक्त पूजा अध्यारो नहुन्जेल चलेको थियो भने अक्टोबर २७ तारिख बिहान पुन सोहि स्थानमा ६ बजे भेला हुने कार्यक्रम रहेको छ ।

निरहार व्रतालुहरुले बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् भने पोटोम्याक नदीको किनारामा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरे । अक्टोबर २७ तारिखका बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ चढाए पछि छठ पर्व सम्पन्न गर्ने छन् ।

सूर्यको पूजा अर्चना गरी मनाइने सूर्यको पूजासम्बन्धी श्लोक ऋग्वेदमा पाइन्छ भने महाभारत कालमा द्रौपदीले छठ पर्वको व्रत लिएको सन्दर्भ उल्लेख गरिएको पाइन्छ ।

कातिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म यो पर्व मनाउने गरिएको छ । यो पर्वमा गहुँको पीठो, नरिवल, किसमिस, दालचिनीजस्ता मसला, घिउ, चीनी, भेलिको समिश्रणबाट बनाइएको ठकुवा, खजुरी आदि बनाइन्छ । चामलको पीठोबाट भुसुवा, मैदा सुजीको समिश्रणबाट पेरूकिया जस्ता मिठाई बनाइन्छ ।

अमेरिकाको डीसी महानगर क्षेत्रमा नेपालको तराई क्षेत्र बाट आएका तराई बासिहरुले एक दशक अगाडी सुरु गरिएको यो छठ पर्व बिस्तारै वृद्धि हुदै गइ रहेको छ , र यसको लागि विभिन्न राज्यहरु बाट समेत छठ मनाउन आउन थालेका छन् ।

डीसी क्षेत्रमा बसोबास गर्ने कृपा सिंह तथा वहा कि जीवन संगिनी अनिता सिंह तथा विजय सिंह लगायत केहि परिवारले सुरु गरेको यो पर्व निकै चर्चा परिचर्चा हुन् थालेको छ । अक्टोबर २७ तारिख बिहान प्रसाद बितरण गर्ने समेत कार्यक्रम रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK