अमेरिकामा यसरी भावनामा पोखिए राजेश (भिडियोसहित)

ENGLISH

ENTERTAINMENT

अमेरिकामा यसरी भावनामा पोखिए राजेश (भिडियोसहित)

27 June, 2016 | Bipin Acharya | 1875 Views | comments

भनिन्छ, विदेश पुगेपछि झनै स्वदेशको माया र याद आउँछ । कतिपय स्वदेशकै माया र सम्झनामा विदेश पुगेर साहित्यकार तथा कवि बनेका उदाहरणछन् । यस्तै, राजेश अर्याल गीतकार बनेको छन्, जो केही वर्षयता अमेरिकाको सिकागो बस्छन् ।

उनै राजेशले स्वदेश र आफन्तको सम्झना गर्दै पछिल्लो समय यसरी गीतमा पोखिए, ‘सुन्न सकिनँ तिम्रो नराम्रो…’सानैदेखि कविता, गजल र साहित्यप्रति रुचि राख्दै आएका राजेशले ‘सुन्न सकिनँ तिम्रो नराम्रो…’ बोलको आफ्नो गीतिभावमा पनि त्यही विम्ब पोखेका छन् । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै सानैदेखिको रहर र रुचिलाई अंगिकार गर्दै गीतिकारितामा पाइला राखेका राजेश भन्छन्, ‘गीत, गजल र कविता लेख्ने÷सुन्ने मेरो सानोदेखिको रुचि हो ।

अहिले मेरो साथी टेकेन लुङ्गेलीको साथ र हौसलाले आफ्नो रहर पूरा गर्नेक्रममा छु ।’ गीति लेखन आफ्नो रुचि भएकाले जस्तोसुकै व्यस्तताको बाबजुद पनि सिर्जनामार्फत भावना पोख्ने गरेको उनले सुनाए । हुन पनि यस गीतमा उनले आफ्नो मर्मस्पर्शी भावना कोरेका छन् । यस गीतबारे उनी भन्छन्, ‘मलाई सेन्टिमेन्टल गीत लेख्न बढी रुचाउँछु ।’

गीतकार राजेशको यस गीतलाई अहिलेका चर्चित संगीतकार टंक बुढाथोकीले संगीत गरेका हुन् । गीतको भावलाई जीवन्तता दिन संगीतकार बुढाथोकीले निकै मिहिनेत गरेका छन् ।

परिणामस्वरुप यो एउटा उत्कृष्ट गीत बनेको छ । यस गीतका गायक प्रमोद खरेल हुन्, जो पछिल्लो समय श्रोताले रुचाएका गायकमध्ये पर्छन् । गीतकार राजेश, संगीतकार बुढाथोकी र गायक प्रमोदलाई संयोजन गर्ने काम भने अहिलेका चर्चित गीतकार तथा मोडल दर्पण राईले गरेका हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…(भिडियो सहित)

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK