अमेरिकामा महाशिवरात्रि पर्व मनाइयो

ENGLISH

NRN GLOBAL

अमेरिकामा महाशिवरात्रि पर्व मनाइयो

9 March, 2016 | Sandeep Bhattarai | 585 Views | comments

हिन्दूधर्मावलम्बीले आफ्ना आराध्यदेव शिव भगवानको आराधना, भजन किर्तन, पूजा, होम आदि गरेर महाशिवरात्रि पर्व मनाउने प्रचलन अनुसार हिजो अमेरिकाको लस एन्जल्समा नेपालीहरू द्वारा निर्मित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा महाशिवरात्री पर्व मनाइयो । हिजो नै अमेरिकाको लस एन्जल्स लगायतका सहरमा समेत नेपालीहरूले यस पर्वलाई मनाएका छन् ।

sh

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रूपमा मनाउने गरिन्छ । परम्पराअनुसार हिन्दूहरुले यसअघिको भाद्र कृष्णपक्ष अष्टमीको रातलाई मोहरात्रि, असोज महिनाको बडादशैंमा पर्ने विजयादशमीको अघिल्लो रातलाई कालरात्रि र कात्तिक कृष्णपक्ष औंशीमा पर्ने लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनी मनाउने प्रचलन छ ।

महा शिवरात्रीको अवसरमा लस एन्जल्स वरपर रहेका नेपाली तथा भारतीयको समेत मन्दिरमा उपस्थिति रहेको थियो । आफ्नो मौलिक संस्कृतिलाई कायम राख्नको लागि यस्ता पर्वहरुको निरन्तरता रहनु सारै खुसीको कुरा हो,त्यस माथि नेपालीद्वारा नै मन्दिरको निर्माण भएर पूजा गर्न पाउनु झनै खुसी र गर्वको कुरा भएको सहभागीहरुले बताएका थिए ।

केही वर्ष पहिले एक मिलियन डलर भन्दा बढीमा खरिद गरिएको भवनमा नेपाल र भारतबाट मूर्ती खरिद ल्याईसकिएको हुँदा सम्बन्धित निकायबाट अनुमति प्राप्त गरी स्थापना गर्न सुरु गरिने समेत संस्थाका अध्यक्ष भक्त थापाले जानकारी दिए ।

sh1

मन्दिरमा मूर्ती स्थापना गर्नको लागि स्पोन्सर गर्ने व्यक्तिहरू समेत दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले सम्म असी हजारभन्दा बढी मूर्तीको लागि सङ्कलन भईसकेको छ । आगामी वर्षदेखि नेपालीहरूले स्थापित मुर्तिहरुमा समेत सिधा पूजा आजा गरेर सबै पर्वहरु मनाउन सकिने गरी संस्थाले आफ्नो योजना बढाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैंको टीका

दशैंको टीकाको साइत बिहान बिहान ९ बजेर ५१ मिनेट उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत...

छक्कापञ्जा–३

घटस्थापनाको दिनबाट चलचित्र ‘छक्कापञ्जा–३’ प्रदर्शनमा आउने : ट्रेलर सार्वजनिक (ट्रेलर)

चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने...

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK