अमेरिकामा मदन कृष्ण श्रेष्ठको “महको म “पुस्तक एनपीपीएको नेपाल सम्बत ११३८ मा विमोचित

ENGLISH

NRN GLOBAL

अमेरिकामा मदन कृष्ण श्रेष्ठको “महको म “पुस्तक एनपीपीएको नेपाल सम्बत ११३८ मा विमोचित

विजय थापा ,

30 October, 2017 | Bipin Acharya | 2060 Views | comments

अमेरिकामा वरिष्ठ हास्यव्यंग्य कलाकार मदन कृष्ण श्रेष्ठको जीवनी सम्बन्धि लेखिएको “महको म “पुस्तक विमोचित भएको छ ।अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ बर्ष पहिले नेवा संस्कृति ,भाषा ,कला र परम्परालाई स्थापना गर्ने उद्देस्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा उक्त पुस्तक बिमोचन गरियो ।

नेवा संस्कृतिको जगेर्ना गरौ भन्ने नारा बोकेको संस्थाले आफ्नो बार्षिक उत्सवमा प्रकाशित स्मारिका दबु पत्रिका को बिमोचन गर्नुको साथै ‘महको म ‘ पुस्तकको पनि बिमोचन गर्यो ।

अमेरिकामा रहेकी उनकी सुपुत्री सराना श्रेष्ठ ले बूवाको पुस्तक निकै चर्चा परिचर्चामा रहेको भन्दै अमेरिकामा पनि बिमोचन हुन पाएकोमा हर्ष व्यक्त गरिन ।उनले एनपीपीए का अध्यक्ष सरोज प्रजापतिले मौका दिएकोमा धन्यवाद दिइन् ।

नेपाल बाट कलाकार मदन कृष्ण श्रेष्ठ श्रब्य दृश्य (भिडियो)बाट नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवको शुभकामना संदेश दिएका थिए । आफ्नो पुस्तक आफुले भोगेका ,जीवनका उतार चढाव ,बाल्यकालका कूराहरू ,राम्रा क़ुरा र नराम्रा कूराहरू ,सफलता असफलता आदिले समेटिएको छ भन्दै राखेको भिडियो मार्फ़त बोलेका थिए ।

उनले नेपालमा पनि निकै राम्रो बिक्रि भै रहेको जनाएका थिए । प्रत्यक्ष प्रसारण मार्फत बोल्न प्रयास गरिएता पनि अमेरिका र नेपालको समय फरक को कारण भिडियो देखाईएको थियो ।

नेपाल सम्बत् ११३८ तथा २६ औ बार्षिकोत्सव नेवा: प्रसिद्ध खाजा समय बजी खुवाईए पछि औपचारिक कार्यक्रम सूरू भएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुताबासका आर्थिक सल्लाहकार कैलाश पोख्रेल ले महिला अध्यक्ष सरोज प्रजापति को कामको प्रसंसा गर्दै एनपिपिए मा महिलाहरू निकै क्रियाशिल रहेको बताए । पोख्रेलले संस्थाले प्रगती गरोस भन्ने शुभकामना दिएका थिए ।

यसै गरि नेवा समुदायका पुरोहित तथा नेवा समुदायका सांस्कृतिक दुत बासव राजोपाध्याय ले तन्त्र महिला प्रधान हुन्छ भने बेद पुरुष प्रधान हुन्छ भने । उनले तन्त्र को बारेमा रोचक संक्षिप्त प्रसंग सुनाएका थिए । उनले तन्त्र कै प्रसंग मा कुचो सूचक ,उपचार ,देवतालाई स्वागत ,सुरक्षा ,पितृ पूजा आदी इत्यादीको रुपमा प्रयोग गरिने बारेमा बताए । उनले नेपा: पासा पुचः अमेरीकाय का संस्थापक राम मालाकार बिदेशमा नेवा: संस्कृतिका पिता हुन् भनि मुक्त कण्ठले प्रसंसा गरेका थिए ।

संस्थाकि अध्यक्ष सरोज प्रजापतिले स्वागत गर्दै आफुले ४ बर्ष सम्म संस्थामा काम गरेको अनुभव को बारेमा बोलेकी थिइन् । गत बर्ष २५ सौ बार्षिक उत्सव ऐतिहासिक रहन पुगेको चर्चा गर्दै आफ्नो नेतृत्व कालमा सबैको बिशेष सहयोग रहेको बताईन् ।

२६ औ बार्षिक उत्सव देखि आफ्नो कार्यक्रम समाप्त भएता पनि पद मात्र सकिएको भन्दै आफु सदैव एनपीपीए संग आबद्ध रहने बताइन ।आगामी २०१७ -२०१९ सम्म को लागि राजु जोशी अध्यक्ष तथा अन्य पदाधिकारीहरु अन्य पदमा सर्बसम्मती बाट निर्वाचित भएका छन् ।

पहिलो चरणमा औपचारिक कार्यक्रम रहेको थियो । दोश्रो चरणमा साँस्कृतिक साँझ कार्यक्रम अन्तर्गत नेपालका प्रख्यात गायक शिव परियारको बिशेष प्रस्तुतिको साथै स्थानीय कलाकारहरुले समेत प्रस्तुति गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK