अमेरिकामा प्रवासी र अप्रवासी भिसा दिन रोक्नु पर्ने माग

ENGLISH

WORLD

अमेरिकामा प्रवासी र अप्रवासी भिसा दिन रोक्नु पर्ने माग

भारत र चीनसहित २३ देशका नागरिकलाई प्रवासी र गैरप्रवासी भिसा दिन रोक्नु पर्ने

29 June, 2016 | arjun baral | 1115 Views | comments

us imigration

अमेरिकाका एक शीर्ष सिनेटरले अवैध आप्रवासीलाई फिर्ता लैजान अटेर गरेको आरोप लगाउँदै ओबामा प्रशासनसँग भारत र चीनसहित २३ देशका नागरिकलाई प्रवासी र गैरप्रवासी भिसा दिन रोक्नु पर्ने माग गरेको छ ।

रिपब्लिकन सीनेटर चुक ग्रासलेले गृह सुरक्षा मन्त्री जे जोनसनलाई लेखेको पत्रमा हत्यारा समेत खतरनाक अपराधीलाई हरेक दिन छोडिँदैछ । तर उनीहरुलाई आफ्नो देशमा लैजानमा चासो नदिएको बताएका छन् ।

सिनेटको न्यायिक समितिका अध्यक्ष ग्र्यासले बताए अनुसार आर्थिक वर्ष २०१५ मा नै भारतसहितका हठी देशको असहयोगका कारण अमेरिकामा २ हजार १ सय ६६ मानिसलाई छाडिएको थियो । अबको दुई सालमा ६ हजार एक सय भन्दा बढी छोडिनेछ ।

ग्रयासले आप्रवासीलाई घर लैजान असहयोग गर्ने २३ देशहरुलाई असहयोगीको सूचीमा राखी कारबाही अघि बढाउन माग गरेका छन् । २३ देशको यो सूचीका शीर्ष असहयोगी देशहरुमा क्युबा, चीन, सोमालिया, भारत र घाना रहेका छन् ।

यसका अलावा अमेरिका प्रवासी एवम् आबकारी प्रवर्तन निरीक्षण आफूलाई असहयोग गरिरहेका अन्य ६२ देशमा पनि गरिरहेको छ । ती ६६ देशले असहयोग गरेपनि उनिहरुलाई २३ देशको सूचीमा राखिएको छैन ।

जोनसनलाई लेखेको पत्रमा ग्रासलेले यस समस्यासँग जुध्नका लागि आप्रवासन एमब् राष्ट्रियता अधिनियमको धारा २४३ (डी) लाई लागू गर्न पनि माग गरेका छन् ।

उनले धारा २४३(डी) मार्फत विदेश मन्त्रीलाई कुनै पनि देशलाई सूचना प्राप्त भएपछि प्रवासी या अप्रवासी भिसा दिन बन्द गरिनुपर्ने बताउँदै यसो भएमा ती देशलाई भिसा दिन सिधै इन्कार गर्न सकिने उल्लेख गरेका छन् ।

ग्रासले भने, “यसको प्रयोग एक पटक सन् २००१ मा गुएनाको मामिलामा भएको थियो । त्यहाँ यसको तत्काल प्रभाव परेको थियो । यसको नतिजा दुई महिनामै गुएना सहयोगीका रुपमा उभिएको थियो ।”

 “राष्ट्रपतिका लागि हिलारी क्लिन्टन सबैभन्दा योग्य उम्मेदवार : ओबामा” 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK