अमेरिकामा नेपाली समुदायले पनि हलोविन पर्व मनाए

ENGLISH

NRN GLOBAL

अमेरिकामा नेपाली समुदायले पनि हलोविन पर्व मनाए

विजय थापा, वाशिंगटन डिसी

1 November, 2017 | Sandeep Bhattarai | 755 Views | comments

हलोविन पर्व

हरेक बर्षको अक्टोबर ३१ तारिखमा मनाइने हलोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि मनाएका छन् l

विशेष गरि अमेरिकामा जन्मेका दोस्रा पुस्ताको साथै सानो उमेरमा अमेरिका आएर पढ्न थालेका बालबालिका ,किशोर किशोरीहरु तथा उनका साथमा हिडेका अभिभावकहरुले पनि मनाएका छन् ।

अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायले पनि मनोरन्जनपूर्वक मनाउन थालेका छन् l नेपालमा तिहारमा देउसी भैलो खेलेझैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भनि मस्तसंग हलोविन पर्व मनाएका छन् l आफ्ना छर छिमेक र नजदिक पर्ने ठाउँमा गई २०१ ७ को हलोविन पर्व हर्सौल्लासका साथ मनाएका छन् l

विभिन्न भूतप्रेतको पोसाकमा आएका बालबालिकालाई घर धनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई अजुली भरि दिएका छन् l अमेरिकाको बिभिन्न राज्यहरुमा रहेका नेपाली समुदायका बालबालिकाहरुले देउसी भैलो खेल्नुका साथै हेलोविन पनि खेलेका छन् l हेलोविन खेल्न आउनेलाई केवल मिठाई मात्र दिनु पर्छ l यसरी बालबालिका खेल्न जाँदा उनीहरुको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरुको साथमा अभिभावक पनि आएका छन् l

हलोविन पर्व

घरबेटीले अन्य खाने कुराहरु दिनु पर्दैन l नेपालको तिहारको समय र हेलोविन को समय कहिलेकाही एक दुई दिनको फरकमा पर्न जान्छ l बालबालिकाले काला ,सेता बस्त्र ,भूत पर्यटक ,होलिका ,भोजमा लगाईने बिशेष पोशाकमा घर दैलोमा आई मिठाई मागी मनोरंजन गर्दछन l

हलोविन के हो ? र किन मनाइन्छ ?

हलोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै देशहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो। हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।

गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरु देशमा पनि मनाइन्छ ।

यो चाड मनाउने देशको संख्या बढ्दो छ। आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।

हलोविन पर्व

हलोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्री भन्दा अगाडी हो l यो आत्मा दिवस को पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK