अमेरिकामा नेपाली युवतीको हत्या

ENGLISH

NRN GLOBAL

अमेरिकामा नेपाली युवतीको हत्या

हत्या अभियोगमा पति पक्राउ

10 January, 2017 | arjun baral | 1260 Views | comments

usa-womenविजय थापा,वासिङ्टन डिसी भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या भएको छ।

कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको छ। हतियार प्रहर गरी उनको हत्या भएको मेडिकल परीक्षणबाट खुलेको छ।धरौटीमा छुट्नका लागि उनले दिएको निवेदन स्थानीय अदालतले अस्वीकार गरेकाले उनी थुनामै रहेर कानुनी छिनोफानो गर्नेछन्। उनलाई पामुङ्के क्षेत्रीय कारागारमा राखिएको छ।

हानभोर काउन्टी प्रहरीका अनुसार बस्नेघर नजिकै बारीमा उनको शव फेला परेको थियो। हत्या अभियोगमा प्रहरीले रिनाका ३३ वर्षीय पति हर्षदकुमार जादबलाई पक्राउ गरेको छ। भारतीय मूलका उनी कम्प्युटर प्रोग्रामर हुन्।रिनाको विवाह भएको ४ बर्ष भएको थियो। उनीहरुबाट सन्तान भएका थिएनन्।

हत्या भएको राति ११ बजेतिर छिमेकीले महिला चिच्याएको आवाज सुनेका थिए। त्यसको भोलिपल्ट बिहान ५ बजेर ४३ मिनेटमा रिनाको शव प्रहरीले फेला परेको थियो। अमेरिकाको श्रम दिवसको दिन बिहान रिनाको शव नजिक सवारी साधनको गाडीको बत्ती बलिरहेको र चालक तर्फको ढोका खुला पाइएको थियो।

मृतक रिना र उनका पति हर्षदकुमार अर्कार्ड मिडो सडक को १० हजार १ सय घरमा बस्दै आएका थिए।

प्रहरीले हानओभर काउन्टी सर्कुट अदालतबाट गिरफ्तारी अधिकार लिदै प्रहरीले रिनाको पति को घरमा छापा मरेको थियो। घरमा प्रहरीले खानतलासी गर्दा १० हजार नगद अमेरिकी डलर तथा राहदानी फेला परेको थियो। हत्या आरोपी हर्षद भाग्ने तयारीमा रहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ।

प्रहरी नियन्त्रणमा रहेका उनले कानुनी परामर्शका लागि पैसा झिकेको उल्लेख गरेका छन्। धरौटीमा छुट्नका लागि उनले दिएको निवेदन स्थानीय अदालतले अस्वीकार गरेकाले उनी थुनामै रहेर कानुनी छिनोफानो गर्नेछन्। उनलाई पामुङ्के क्षेत्रीय कारागारमा राखिएको छ।

रिनाका दाजु गौरव श्रेष्ठले न्याय पाउने कुरामा आफू आशावादी भएको बताए। उनी प्रतिभाशाली कलाकार समेत थिइन्। चित्रकलामा रमाउने उनी बाँसुरी बजाउन पोख्त थिइन्।

सेप्टेम्बर ५ मा हत्या गरिएकी रिनाको १० मा अन्त्येष्टि गरिएको थियो। प्रहरीले पति हर्षदलाई १२ सेप्टेम्बरमा पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाएको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

थारु महिला माछा मार्दै

थारु महिला माछा मार्दै

कैलालीको लम्कीका थारु समुदायका महिला खोलामा माछा मार्दै ।...

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK