अमेरिकामा नेपाली तेक्वान्दो खेलाडिलाई ३ स्वर्ण पदक

ENGLISH

NRN GLOBAL

अमेरिकामा नेपाली तेक्वान्दो खेलाडिलाई ३ स्वर्ण पदक

विजय थापा/माघ २८, अमेरिका l

12 February, 2018 | Kabiraj Adhikari | 2845 Views | comments

गत फेब्रुअरी १० तारिखमा अमेरिकाको टेक्ससमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपालबाट आएका ३ खेलाडीहरुलाई ३ स्वर्ण पदक प्राप्त भएको छ ।  नेपाली राष्ट्रिय खेलाडी मान कुमारी चौलागाई ,ज्ञानी चुनार तथा तारा कुमार रायमाझीले टेक्सस राज्यको ड्यालसमा सम्पन्न अन्तर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका हुन् ।

स्वर्ण पदक

प्रतियोगिता को महिला फेदर बेल्ट समूह ,५३-५७ केजी समूहमा मान कुमारी चौलागाईले सेमी फाइनलमा भारत तथा फाइनलमा साल्भाडोर का खेलाडीलाई पराजित गरि स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन् ।

यसै गरि ५८-६२ केजीको तौल समूहमा महिला लाईट बेल्टमा ज्ञानी चुनारले सेमी फाइनलमा पनामा र फाइनलमा अमेरिकाका खेलाडीलाई पराजित गरि स्वर्ण पदक जितेकी छिन् ।

पुरुष तर्फ को फ्लाई बेल्ट अन्तर्गत ५४-५८ सम्म को तौल समूहमा तारा कुमार रायमाझी ले सेमी फाइनलमा भारत फाइनलमा मेक्सिको लाई हराई स्वर्ण पदक प्राप्त गरेका छन् ।

नेपाली टोलिको व्यवस्थापक र टोलि प्रशिक्षकमा नेपालका पूर्व राष्ट्रिय खेलाडी एवम् हाल अमेरिकाको बाल्टिमोर स्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी संचालन गर्दै आएका मास्टर कुमार कार्की थिए ।

उक्त तीनै जना राष्ट्रिय खेलाडीहरुलाई नेपालका पूर्व वरिष्ट तेक्वान्दो प्रशिक्षक मास्टर अमिर श्रेष्ठ को बिशेष सहयोगमा अमेरिकाको उत्कृष्ट मध्ये कै उत्कृष्ट “टिम एनटिए युएसए “मा दुई हप्ताको बिशेष प्रसिक्षण पनि लिदै आएका छन् ।

नेपाली टोलि अर्को हप्ता फेब्रुअरी १८ तारिख नेपाल फर्कने छन् ।

नेपाली मूलका रुप कार्कीलाई अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK