अमेरिकामा नेपालीहरुले यसरी मनाए “धन्यवाद दिवस” अर्थात् ”थ्याङ्कसगिभिङ् डे “

ENGLISH

NRN GLOBAL

अमेरिकामा नेपालीहरुले यसरी मनाए “धन्यवाद दिवस” अर्थात् ”थ्याङ्कसगिभिङ् डे “

विजय थापा, डिसी

24 November, 2018 | Sandeep Bhattarai | 2225 Views | comments

धन्यवाद दिवस

अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरुले “धन्यवाद दिवस” अर्थात् ”थ्याङ्कसगिभिङ् डे “हर्सौल्लास साथ मनाएका छन् ।

अमेरिकामा क्रिसमस पछि कै सबै भन्दा ठुलो पर्वका रुपमा मनाइने ” धन्यवाद दिवस “मा नेपाली समुदायले पनि आफ्ना परिवार, आफन्त, इष्टमित्र तथा साथीभाईलाई आफैले विभिन्न परिकारका खानेकुराहरु बनाएर या खरिद गरिएका चिजहरु द्वारा अतिथि सत्कार गर्दै धन्यवाद दिवस मनाएका छन् ।

यस पर्वमा मुख्य रुपमा अमेरिकामा पाइने कालिज जस्तो ठुलो चरा टर्की अर्थात् पातालमयूर को मासु खाइन्छ । साथै अन्य फरक परिकारका चिजहरु समेत यसमा खाने चलन छ ।

यस दिवसमा परम्परा अनुसार पर्व सुरु हुनु अगाडी व्हाइट हाउसमा टर्की राष्ट्रपतिको अगाडी जिउदो टर्की प्रदर्शन गरिन्छ । उक्त “पार्डोनिंग ” अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन । सन् १८६५ देखि यो प्रचलन राष्ट्रपतिको भवनमा लगिन थालिएको हो । राष्ट्रपतिले केही भने पछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ ।

यो ”थ्याङ्कसगिभिङ् डे ” अर्थात् धन्यवाद दिवसमा सार्वजनिक बिदा हुने हुनाले नेपाली समुदायका अधिकांशले मनाउन प्रारम्भ गरेका छन् । तथापी सवै निजि क्षेत्रबाट संचालनमा रहेका ठुला पसलहरु खुला भएता पनि अन्य दिन भन्दा अलिक छिटो बन्द हुने गर्छन । अमेरिकामा पहिला पुस्ताले भन्दा पनि अमेरिकामा जन्मेका दोश्रो पुस्ताले यसलाई निकै मनोरंजन गर्ने रुपमा लिने र अभिभावकलाई उत्प्रेरित गर्ने हुनाले पहिला पुस्ताका नेपाली समुदायले भव्य रुपमा मनाउने गर्छन । यस पर्वमा अमेरिकाका धेरै राज्य तथा शहरहरुमा झाँकी प्रदर्शन पनि हुन्छ ।

“धन्यवाद दिवस”थ्याङ्कसगिभिङ् डे इसाईहरुको एउटा प्रमुख चाड हो । अमेरिकामा यो पर्व अझ उत्साहजनक रुपमा मानिन्छ । धन्यवाद दिवस संयुक्त राज्य अमेरिका, क्यानाडा, क्यारिबियन केही द्वीपहरू र लाइबेरियामा विभिन्न मितिहरूमा एक राष्ट्रिय छुट्टीको रुपमा मनाइन्छ । त्यसैगरी जर्मनी र जापानमा पनि अर्कै नाममा यो चाडपर्व मनाइन्छ ।

अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ । अमेरिकामा धन्यवाद दिवस अर्थात् थ्याङ्कसगिभिङ् डे को भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई कालो शुक्रबार (ब्ल्याक फ्राइडे )भनिन्छ। उक्त कालो शुक्रबार को दिन अत्यधिक सस्तोमा सामान बिक्रि गरिने हुनाले सामान पसलहरुमा खरिद गर्न मानिसहरुको अत्यधिक भिड हुन्छ । यो पर्व सकिने बित्तिकै मानिसहरु पसलका ढोकाहरु अगाडी राति देखि नै कुरेर आफूले चाहेको सामान किन्दछन ।

ईतिहास : वास्तवमा यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने एक पर्व हो। यो भगवानलाई धन्यवाद दिन मनाउन थालिएको चाड हो । यो पर्व हरेक वर्ष नोवेम्बरको चौथो बिहीबार मनाउने गरिन्छ। युरोपेलीहरु आप्रवासीहरु जव अमेरिका आए त्यतिबेला उनीहरुले मेहनत र कष्ट साथ तत्कालिन समयमा खेतीपाती गर्न प्रारम्भ गरे । फसल (बाली काट्ने) बेलामा खुसीका साथ एक आपसमा धन्यवाद आदान प्रदान गरे । यही बाट धन्यबाद दिवस सुरु भएको मानिन्छ । अमेरिकामा यो कहाँ बाट सुरु भयो भन्ने नै छलफल कै बिषय भएको छ तर अमेरिकाको न्यू इङ्गल्याण्ड तथा भर्जिनिया बाट प्रारम्भ भएको भनिन्छ ।

धन्यवाद दिवसमा अमेरिका गत बर्ष सन् २०१७ मा राष्ट्रिय टर्की फेडेरेसन (महा संघ)का अनुसार ४५ मिलियन अर्थात् ४ करोड ५० लाख खाइएको जनाएको छ । यस बर्ष टर्की ५ करोड खपत हुने छ । यो पर्वमा अमेरिकामा रात्री भोजनको लागि १० जनाको लागि करिव ४८ डलर ९० सेन्ट खर्च पर्ने जनाएको छ ।

धन्यवाद दिवस

यस पर्वमा करिव ५ करोड ४० लाख अमेरिकनहरू कम्तिमा ५० माइल्सको यात्रा गरि आफ्ना परिवार संग मनाउन आउने जानकारी अमेरिकामा बिमा,सवारी साधन ,बैंक आदी इत्यादीमा १ सय १६ बर्ष अगाडी देखि नै काम गर्दै आएको ” ट्रिपल ए ‘ नामक संस्थाले जानकारी गराएको छ ।

अमेरिकामा नेपालीले धन्यवाद दिवस मनाउँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK