अमेरिकामा नेपालीले धन्यवाद दिवस मनाउँदै

ENGLISH

NRN GLOBAL

अमेरिकामा नेपालीले धन्यवाद दिवस मनाउँदै

24 November, 2017 | Kunjar Bhattarai | 2275 Views | comments

विजय थापा-अमेरिकामा नब्बेको दशकदेखि बिज गणतीय रुपमा नेपालीहरुको जनघनत्व वृद्धिसंगै नेपाली चाड पर्वझैँ अमेरिकन चाडपर्व त्यतिकै मनाउने थालिएको छ l अमेरिकामा अन्य चाड पर्व मनाई सकेका नेपाली मूलका नेपालीहरुले अमेरिकन महत्वपूर्ण चाड  थ्याङ्कसगिभिङ् डे (धन्यवाद दिवस ) हर्सोउल्लासका साथ मनाएका छन् , यो क्रम जारि रहेको छ । 

उक्त दिन अन्य स्वादिष्ट परिकारका खानासंगै मुख्य रुपमा अमेरिकामा पाइने एक प्रकारको पंक्षी टर्की खाने गरिन्छ  । नेपालमा पाइने तित्रा भन्दा ठुलो र खास गरि कालेज भन्दा ठुलो पंक्षी हुन्छ । बिशेष टर्की (पाताल मयूर ) लाई बिभिन्न तरिकाले पकाई खाने गरिन्छ ।

थ्याङ्कसगिभिङ् डे अर्थात् धन्यवाद दिवस इसाईहरुको एउटा प्रमुख चाड हो । यो अमेरिका र क्यानडामा लगायत अन्य देशहरुमा पनि मनाइन्छ । अमेरिकामा यो नोभेम्बरको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ । त्यसदिन सबै सरकारी कार्यालयहरु बिदा हुन्छन् भने धेरैजसो कामदारले बिदा पाउँछन् ।

यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने हो। यो भगवानलाई धन्यवाद दिन मनाउने थालिएको चाड हो । अमेरिकामा थ्याङ्कसगिभिङ् डेको भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई ब्ल्याक फ्राइडे (कालो शुक्रबार )भनिन्छ। उक्त दिन धेरै पसलहरुले सामान निकै सस्तोमा बेच्छन् भने उक्त दिन सबैभन्दा ज्यादा बिक्रि हुने दिन पनि हो ।

अन्य चाड भन्दा यो पर्वलाई ज्यादा महत्व दिने गरिन्छ भने पारिवारिक भेटघाट ज्यादा गरिन्छ । एकै थलोमा ४ पुस्तेसम्म जम्मा भएर खानपिन गरि मनाउदछन ।

१६२१ देखि यो दिवस मनाइन थालिएको हो भने अमेरिका,क्यानडा ,लाइबेरिया ,सेन्टलुसिया ,अस्ट्रेलियाको नर्फोक आइल्याण्ड तथा नेदरल्याण्डको लिडेनमा मनाइन्छ।

धन्यबाद दिवस परम्पराको सुरुवात हालको म्यासिचुसेट्स राज्यबाट बाट सुरु गरिएको ऐतिहासिक पृष्ठभुमि रहेको छ भने त्यस पछि १६२१ देखि यो उत्सव भर्जिनिया बाट सुरु भएको ईतिहासकारले जनाएका छन् ।

अमेरिकन संचार बिभिन्न माध्यम का अनुसार धन्यबाद दिवस सप्ताहमा झन्डै ४० लाख ले हवाई यात्रा गर्ने तथा ४ करोड मानिस सडक मार्ग को माध्यम द्वारा यात्रा गर्ने उल्लेख गरेका छन  । संचार माध्यमले धन्यबाद दिवस सप्ताहमा बिहान ६ बजे हिड्न उत्तम समय भएको र बुधबार २२ तारिख दिउसो ३ बजे सबै भन्दा खराव हुने जनाएको छ ।

यसै गरि धन्यवाद दिवस समाप्त पछि आईतबार आफ्नो स्थानमा फर्कने उत्तम समय बिहान ६ बजे हो भने सबै भन्दा खराब समय शनिबार ४ बजे दिउसो देखि हुने समाचार लेखेका छन्  ।

एनआरएन अमेरिकाद्वारा परिचय पत्र वितरण प्रक्रिया सुरु

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK