अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम सम्पन्न

13 October, 2017 | Sandeep Bhattarai | 1520 Views | comments

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकाअमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीको पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले चर्चित कलाकारका साथमा हालै ‘दशैँ तिहार धमाका—२०१७’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

दशैँ तथा तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममा मेरिल्याण्डमा बस्दै आएका नेपाली सिनेजगतका चर्चित कलाकार समेतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । बुधबार आयोजित कार्यक्रममा चर्चित नेपाली नायक दिलीप रायमाझी, ख्यातिप्राप्त गायक शिव परियारसँगै चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बिसी तथा नृत्यकार पार्वती राई र नायिका ऋचा घिमिरेले समेत आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए ।

साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुतिसँगै मौलिक नेपाली नृत्य, देउसीभैलो, नेवारी नाच प्रस्तुतिले कार्यक्रम थप मनोरंजनमय भएको थियो । कार्यक्रममा बोल्दै न्यूयोर्कका लागि नेपालका महावाणिज्यदूत मधुकुमार मरासिनीले अमेरिकामा रहेर कला, भाषा र संस्कृतिको जगेर्ना गर्न यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उक्त कार्यक्रममा समाजसेवी तथा बाल्टिमोर काउन्टी डेमोक्रेटिक पार्टीका रवि लियनार्ड, एचबी भण्डारी, नासो कम्युनिटीका अध्यक्ष गोपाल विक, संस्थाकी अध्यक्ष अनु श्रेष्ठ वन्त, कुलमणि आचार्य, प्रभु थापा, संस्थाका उपाध्यक्ष सुवोधविलास पन्तलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

दशैं कार्यक्रम अमेरिकामा सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

समुद्र गिरीको दोहोरी गीत ‘रोधि घरमा झरेसी’ सार्वजनिक

कलाकार समुद्र गिरीको दोहोरी गीत ‘रोधि घरमा झरेसी’ गीति...

गायक प्रमोदको ‘हावा सरी’ सार्वजनिक (भिडियो सहित)

गायक प्रमोद खरेलको सुमधुर आवाज रहेको गीत ‘हावा सरी’...

विश्वकप छनोटमा नेपालको प्रदर्शन कस्तो रहला

नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK