अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

ENGLISH

NRN GLOBAL

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

विजय थापा, डिसी

15 November, 2018 | Sandeep Bhattarai | 1655 Views | comments

छठ पर्व

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको छ । अमेरिकाका केही राज्य तथा शहरहरुमा मात्र मनाईदै आएको छठ पर्व यस बर्ष देखि अमेरिकाका विभिन्न भागमा विभिन्न शहरहरुमा व्यापक रुपमा मनाईएको छ ।

छठ पर्व मनाउने क्रममा अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको प्रख्यात शहर स्टरलिङ्ग स्थित पोटोम्याक नदीको किनारमा नेपालबाट अमेरिका आएका तराई मधेसका विभिन्न जिल्लाहरुका नेपाली समुदायको विशेष अगुवाईमा नेपाल मै मनाउने जस्तै गरी अत्यन्तै उत्साहजनक छठ पर्व मनाएका छन् ।

गत नोभेम्बर १२ तारिख साँझ देखि मनाउन थालिएको छठ नोभेम्बर १४ तारिखको बिहान समाप्त भएको छ । पवित्रता, निष्ठा र आस्थाको पर्व छठ तराईको ठूलो पर्व हो । अहिले यो पर्व राष्ट्रिय स्वरूप ग्रहण गर्दै अन्तर्राष्ट्रिय बन्दै अमेरिकामा समेत आइपुगी व्यापक हुँदै गएको छ । छठ मूलरूपमा कार्तिक शुक्ल षष्ठीको दिन मनाइने सूर्य उपासनको महान पर्व हो ।

छठ पर्व

डिसी क्षेत्रमा बसोबास गर्ने र छठ पर्व मनाउन पोटोम्याक नदी किनारलाई छठमय बनाएका थिए । डिसी क्षेत्रमा छठ पर्व मनाउन व्यवस्थापन गर्दै आएका एसोसिएसन अफ नेपालीज इन तराई इन अमेरिकाका(एन्टा)का अध्यक्ष विजय कुमार सिंहले यो व्रतको विधान पवित्र र कठोर छ । जसको श्रद्धा, निष्ठा, विश्वास र आस्थापूर्वक पालना गरिनुपर्छ उनले भने । छठको व्रत बस्ने (व्रती) ले कार्तिक महिनाको शुरुदेखि नै माछा, मासु, लसुन, प्याज, मदिरा, आदि त्याग्नुपर्छ सिंहले भने ।

हरेक वर्ष यसको प्रचार प्रसार तथा सामाजिक संजालको कारण ब्यापक हुदै गएको र अमेरिका नेपालीहरु आउने क्रम बढ्दो भएकोले श्रद्धालुहरु छठ पूजामा वृद्धि हुदै गएको सिंहले बताए । छठ पूजामा नेपालका तराईका विभिन्न जिल्ला,शहर तथा भारतका विभिन्न राज्यहरुमा यो पर्व मनाउने गरेका श्रद्धालु भक्तजनहरुले पूजामा सहभागी भएका थिए ।

छठ पर्व

श्रद्धालु भक्तजनहरुलाई प्रसाद वितरण गरिएको थियो भने छठ पर्वको लागि नोभेम्बर १३ तारिखमा साँझघाट तथा नोभेम्बर १४ तारिख बिहानघाटमा विशेष पूजा अर्चना गरिएको थियो l डिसी क्षेत्रमा तीन दिन देखी व्रत बसेका व्रतालुहरुले पोटोम्याक नदीको घाटमा पुगेर उदाउँदो सूर्यलाई साक्षी राखेर रातभरि पूजा गरेको हुँ भनी त्यही अर्घ जस्ताको तस्तै देखाएपछि छठ पर्व सम्पन्न भएको हो ।

अर्घमा आफ्नो भाकल अनुसार नाङ्लो, सूर्य बाँसको टोकरी आदिमा अमेरिका मै घर मै बनाइएका ठकुवा, खजुरी, छठका प्रमुख पकवान, केरा, नरिवल, पान, सुन्तला, उखु, अदुवा, आदि ईत्यादी चिज अमेरिकामा पाइने जति सबै कुरा जुटाई भगवान् सूर्य देवतालाई चढाएका थिए । डिसी क्षेत्रको पोटोम्याक नदीको किनारमा सबै व्रतालुहरु एक अर्कालाई शुभकामनाको साथै ठूलाले सानालाई आशिर्वाद तथा सानाले ठूलाको आशिर्वाद ग्रहण गर्दै छठको प्रसाद साटासाट गरेका थिए ।

अमेरिकामा व्रत बस्नेहरू नयाँ रातो वस्त्र धारण गरी कम्मरसम्मको पानीमा बसेर अस्ताउन लागेका सूर्यलाई हात जोडेर भक्ति र निष्ठाले पूजा अर्चना गरेका थिए

अमेरिकामा खरना
अमेरिकामा अधिकांशले छठ पर्व मनाउन अग्रिम रुपमा नै बिदा मिलाएका थिए । कार्तिक शुक्ल चतुर्थीको दिन नुहाएर खाने गरिन्छ जसलाई नहाखाएके भनिन्छ । त्यसको भोलिपल्ट पञ्चमीको दिन खरना हो । खरनामा व्रतालु चाहिँ दिनभर भोकै बस्छन् । खरना सकिएपछि यसको प्रसाद बाँड्ने चलन पनि छ । छठ पर्वको मूल पूजा खरना नै हो ।

छठ पर्व

खरना नगर्नेलाई छठ गरेको नमानिने तर कुनै बाध्यताका कारण षष्ठीको दिनको व्रत बस्न नसकी खरनामात्र गर्नेलाई छठ गरेको मानिन्छ । यसर्थ छठको मुख्यपर्व चाहिँ खरना नै हो । विश्वभरि फैलिँदै गएको छठ नेपालको मौलिक लोकपर्व हो ।

अमेरिकामा यसरी मनाइदै छठ पर्व

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ओसाका-काठमाडौं हवाई उडान फेब्रुअरीबाट

लामो समयपछि काठमाडौं र जापानबचि सिधा हवाई सेवा सुरु...

गायिका नित्याशिवाको रोमान्टिक गीत ’पिरतिको धार ले’ सार्वजनिक (भिडियो सहित)

गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले’...

एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै...

‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन उपसमितिले पूर्ण

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK