अमेरिकामा कतै संविधानको भब्य स्वागत, कतै बिरोधको स्वर

ENGLISH

NRN GLOBAL

अमेरिकामा कतै संविधानको भब्य स्वागत, कतै बिरोधको स्वर

22 September, 2015 | Sandeep Bhattarai | 775 Views | comments

​विजय थापा /खेम भट्टचन ,​वाशिंगटन डिसी – अमेरिका भर नेपालको संविधान २०७२ को भव्य स्वागत गर्दै दिप प्रज्वलन गर्दै खुशी मनाईएको छ l अमेरिका भर रहेका समस्त संघ तथा संस्था तथा व्यक्तिगत रुपमा ८ बर्ष सम्मको लामो प्रतिक्षा पछि संविधान पाएकोमा घर घरमा नेपाली झन्डा तथा दिपावली मनाइएको छ l

am

नेपालको नयाँ संविधान जारी हुनु पर्ने मिति २०६७ जेठ १४ गते भएता पनि थपिएको म्यादमा गुज्रेको दिन नै १ हजार ९ सय ४३ दिन बिति सके पछि झन्डै ८ बर्षमा पाएको नया संबिधानले अमेरिकाबासिलाई निकै हर्ष तुल्याएको छ l

स्वस्फूर्त रुपमा खुशीयाली स्वरुप मनाईने कार्यक्रम स्थल पुग्दै शुभकामना आदान प्रदान गरि खुशी मनाएका छन् l अमेरिकाको डिसी महानगर क्षेत्रका संघ तथा संस्थाले सयुक्त रुपमा भर्जिनियाको मनाससमा भब्य कार्यक्रमको आयोजना गरि दिप प्रज्वलन तथा बाल्टिमोरमा पनि दिप प्रज्वलन गर्दै नयाँ संविधानलाई भब्य स्वागत गरेका छन् lएक तर्फ संविधान आउदा हर्षको सिमा नै रहेको छैन भने अर्को तर्फ नया संबिधानको विरोध गरिएको समाचार प्राप्त भएको छ l

युगौ देखि दबाएर राखिएको बर्ग दलित, जनजाती, महिला, मुस्लिम, थारु,मधेशी जनतालाई फेरी पनी कहिल्यै उभो लाग्न नदिने गरी नयाँ संविधान लेखिएको भन्दै चर्को बिरोध अमेरिकामा गरिएको छ l

am1

न्यु योर्कमा भएको बिरोध कार्यक्रममा संयुक्त राष्ट्र संघको महा सभामा भाग लिन प्रधानमंत्री सुशिल कोईरालालाई कालो झण्डाले स्वागत गर्ने घोषणा गर्ने बुझिएको छ l​ यसको साथै अन्य नेताहरु र मन्त्रीहरु जो कोही विदेश भ्रमणमा जाँदा सबैलाई अब देखी कालो झण्डाले स्वागत गरिने घोषणा समेत गरिने भएको छ l

यसै गरि अमेरिकाका विभिन्न सहरमा पनि नया संविधानको बिरोधको चर्को आवाज निकालिएको छ l अमेरिकामा रहेका नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका ,संघिय समाजबादी फोरम, अमेरिका ,एसोसिएशन अफ तराई नेपलिज ईन अमेरिका ,संघिय लिम्बुवान समाज, अमेरिका ,संयुक्त मधेशी-थारु समाज ईन अमेरिका तथा सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी इन अमेरिकाले संबिधान बहिस्कार गरेका छन् l

am2

अमेरिकाको बिभिन्न सहरमा संविधानको प्रति (कपि )समेत च्यातेर बिरोध गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

आज घरघरमा फूलपाती भित्र्याइँदै

आज घरघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने...

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK