अमेरिकामा एएनएस सम्पदा फोटो(तस्बिर )प्रतियोगिता २०१७ हुने

ENGLISH

NRN GLOBAL

अमेरिकामा एएनएस सम्पदा फोटो(तस्बिर )प्रतियोगिता २०१७ हुने

विजय थापा ,वाशिंगटन डीसी

18 May, 2017 | Bipin Acharya | 570 Views | comments

उत्तर अमेरिका कै नेपाली समुदायको सवै भन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (एएनएस) वासिङ्टन डिसीको ५० औं वार्षिकोत्सवको अवसरमा ‘एएनएस सम्पदा फोटो प्रतियोगिता २०१७’’ को आयोजना गर्ने भएको छ ।

उत्कृष्ठ तस्बिर लाई पहिलो, दोस्रो र तेस्रोमा छुट्याइने आयोजक संस्थाले जनाएको छ । प्रथमले क्याननको क्यामेरा (चित्रग्राहिणी) पाउनेछन् भने दोस्रो र तेस्रोले पनि क्यामेरा (चित्रग्राहिणी) नै पुरस्कार पाउने छन् ।

संयोजक तथा प्रथम निर्णायक कुमार श्रेष्ठका अनुसार फोटो प्रतियोगितामा नि :शुल्क भाग लिन सक्ने छन् । आयोजकको इमेल(बिधुतिय डाक )मा इच्छुकले दुई वटा सम्पदाको तस्बिरहरु पठाउनुपर्नेछ । मे २५ सम्ममा इच्छुकहरुले ६ एमबी अथवा ३ सय डिपीआइको तस्बिर पठाउनु पर्नेछ ।

‘दुईवटा देशको सम्पदा बचाउन र प्रवर्धनका लागि फोटोले अहम भूमिका खल्ने भएकाले यो प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने,‘पुरानो सम्पदा भनेको मानव सभ्यताको परिचय हो र यसलाई बचाई राख्नुपर्ने अहम भूमिका पनि हाम्रो नै हो ।’

प्रतियोगितामा अमेरिकामा बसोबास गरेका जो कोही नेपालीले र अमेरिकनले भाग लिन पाउने छन् । तिन जनाको निर्णायक मण्डलले उत्कृष्ठ पहिलो ,दोश्रो र तेस्रो सम्पदा फोटो छान्ने छन् । उत्कृष्ठ भएका प्रतियोगीहरूलाई क्यामेरा(चित्रग्राहिणी ) र प्रमाणपत्रले ५० औं वार्षिकोत्सवमा सम्मान गरिने छ ।

नेपालका लागि अमेरिकन राजदुत स्व एल्सबर्थ बंकर यस गरिमामय संस्थाका संस्थापक मानार्थ सभापति रहेका थिए । तत्कालिन अमेरिकन राजदुत बंकर भियतनाम युद्धमा खटिएका समयमा डीसीमा नेपाल अमेरिका सोसाइटीको जन्म भएको हो भने संस्था १९६७ मा स्थापना भएको हो ।

फोटोग्राफीमा इच्छा राख्नेहरुले (ansphotocontest@gmail.com )मा आफूले खिचेको सम्पदाको फोटो(तस्बिर) पठाउन सक्नेछन् । उक्त छायाचित्र लाई वार्षिकोत्सवमा प्रदर्शन गरिनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK