अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सब हुने

ENGLISH

NRN GLOBAL

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सब हुने

11 February, 2018 | Kabi Adhikari | 2055 Views | comments

ब्लड डोनर्स एसोसिएसन उत्तर अमेरिकाले यसवर्ष अन्तराष्ट्रिय नेपाली कविता महोत्सब आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाजसंगको सहकार्यमा आगामी मे २५ र २६ मा अमेरिकाको जर्जिया शहरमा हुने एसोसिएसनको सम्मेलनमा हुने साहित्यिक महोत्सबका अवसरमा उक्त प्रतियोगिता हुने भएको हो ।

america

साहित्यिक महोत्सबलाई सफलताका साथ सम्पन्न गर्नको लागि बिभिन्न देशको प्रतिनिधि रहने गरि साहित्यकार महेश्वर पन्तको संयोजकत्वमा साहित्यिक महोत्सव आयोजक समिति गठन गरिएको छ । यसैगरि प्रतियोगितालाई सफल बनाउन साहित्यकार तथा अनेसासका केन्द्रीय महासचिव गोवर्धन पूजाको संयोजकत्वमा कविता प्रतियोगिता छनोट समिति गठन गरिएको छ ।

महोत्सव ब्लड डोनर्स एसोसिएसनको दोश्रो महाधिबेशनको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा अनेसासका अध्यक्ष पदम विश्वकर्मा र नेपाल संयोजक गायक/संगीतकार नरहरी प्रेमीको पनि आतिथ्यता रहने छ ।

महोत्सबमा आयोजना गरिने प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने स्रष्टालाई क्रमस तल उल्लेखित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ :

प्रथम पुरस्कार – भानुभक्त काब्य पुरस्कार, चारसय यु एस डलर र प्रमाण पत्र

दोश्रो पुरस्कार – मोतीराम काब्य पुरस्कार, दुईसय यु एस डलर र प्रमाण पत्र

तेश्रो पुरस्कार – देबकोटा काब्य पुरस्कार, एकसय यु एस डलर र प्रमाण पत्र

कविता प्रतियोगिताका नियमहरु :-

१. प्रतियोगीले कविता आफ्नो क्षेत्रको संयोजकको ई-मेल अथवा सिधै संयोजकको ई-मेलमा पठाउन सक्नु हुनेछ ।

२. कविताको शब्द सीमा अधिकतम दुई सय (२००) तोकिएको छ । सो भन्दा बढी शब्दका कविता प्रतियोगितामा समावेश गरिने छैन ।

३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालि गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचार र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरु स्वत: अस्वीकृत हुनेछन ।

४. कविताको बिषय बस्तु र कविताको स्वरूपको ( गध्य या छन्द ) बारेमा कविहरुलाई स्वतन्त्र छाडिएकोछ ।

५. अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिको भाषामा लेखिएको कविताले पनि प्रतियोगितामा प्रवेश पाउनेछन तर त्यस्ता कविताको नेपाली रुपान्तर पनि साथमा संलग्न हुनु पर्नेछ ।

६. कविता युनिकोड ,कान्तिपुर, प्रिती या मंगल फन्टमा मात्र पठाउनु पर्नेछ ।

७. कविता नितान्त नयाँ र मौलिक हुनु पर्नेछ । कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साईजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनु पर्नेछ ।

८. प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा संप्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत अस्वीकृत गरिने छ ।

९. प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ ।

१०. प्रतियोगी कविता आउँदो मई महिनाको १० तारेखसम्ममा दिइएको ठेगानामा प्राप्त भई सक्नुपर्ने छ । र वाचन गर्ने चाहनेले मे २५ शुक्रबार साँझ ७ बजे ह्यात होटेल एटलान्टामा आयोजना हुने कार्यक्रममा सहभागीता जनाउन सक्नु हुनेछ ।

११. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आए अन्तिम निर्णय प्रमुख संयोजकको रहने छ ।

आयोजक समितिको पूर्ण स्वरूप र सम्पर्क ठेगाना :-

कार्यक्रम संयोजक – महेश्वर पन्त ( nepalipoemcomp2018@gmail.com )

प्रतियोगिता संयोजक – गोवर्धन पूजा ( nepalipoemcomp2018@gmail.com )

नेपाल संयोजक – छविरमण सिलवाल र नरहरी प्रेमी ( nepalipoemcomp2018@gmail.com )

इजराइल संयोजक – भगवती बस्नेत ( bhagawati.basnet@yahoo.com )

अष्ट्रेलिया संयोजक – गणेश घिमिरे ( gkghimire@gmail.com )

अमेरिकामा कविता महोत्सब सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK