अमेरिकामा अनर्थक रुपमा यसरि बन्दुक खेलाई हत्या पनि गर्छन ?

ENGLISH

WORLD

अमेरिकामा अनर्थक रुपमा यसरि बन्दुक खेलाई हत्या पनि गर्छन ?

25 July, 2016 | Bhawana Pathak | 930 Views | comments

bijaya thapaविजय थापा ,वाशिंगटन डिसी ,अमेरिकामा नागरिकले आफ्नो सुरक्षाको लागि बन्दुक राख्ने कानुन छ l अमेरिकामा भिषण आतंकबादीको हमला पछि सेप्टेम्बर ११ देखि अझ मानिसले आफ्नो सुरक्षाको लागि बन्दुक खरिद गर्ने परिपाटी तिब्र भएको छ l

यस बिषयमा अझ संसदमा व्यापक छलफल को क्रम जारी छ l पटक पटक रिबब्लिकन तथा डेमोक्राटिक दलमा भिषण रुपमा बहस हुदै आई रहेको छ l अमेरिकामा पछिल्लो समयमा सामुहिक हत्याको शृंखला अत्यधिक बढेको छ l अमेरिकामा मात्र नभई विश्व ब्यापी रुपमा आतंकबादी समुह या यसबाट प्रभावित समुह या व्यक्तिले हत्याको क्रम जारि राखेका छन् l

तर अमेरिकामा बन्दुक राख्ने कानुनी मान्यता भएता पनि त्यसको दुरूप्रयोग गर्दै यस्ता घृणाजनक ,अनर्गल ,ऊटपटांग ,विवेकहीन ,हास्यास्पद हत्या भएका र हुने गरेका छन् l

यसरि पनि निर्दोसहरु हत्यामा संलग्न भएका र अनर्थक रुपमा ज्यान गएको छ l यस्ता मामुली र सानो कुरामा पनि बन्दुकको दुरुप्रयोग गरेका घटना देखिएका छन् l उनीहरुले यसरि हत्या भएका कारण जनाएका छन् l

गत बर्ष सन् २०१५ मा घटना भएका विवरण यस प्रकार छन् l टेक्सासमा सेप्टेम्बर १ तारिख आफु र आफ्नो काकाका छोराले बन्दुक पायौ l बन्दुक संग तस्बिर लिने प्रयास गर्दै सामाजिक संजालमा राख्ने जमर्को गर्दा गर्दै नजानिकन आफुले आफ्नो हत्या गरेको लेखेका छन् l

अर्को , आफ्नो छिमेकिले सेकुवा को आयोजना गरि दाह संस्कार को अलागी अर्थ संकलन गर्ने उपाय व्यक्त गरे l आफुले कुखुरा पोले र जाडो मौसम थियो l उ संग बादबिबाद भयो l तिनीहरुलाई कुटे र त्यहि बेलामा सेप्टेम्बर ५ तारिख दुई महिलाको हत्या गरे लेखेका छन l

यस्तै , मेरो छिमेकिलाई मनोरंजन गर्न बोलाए तर उनीहरु आउन चाहेनन् l र आफुले उनीहरुलाई ढोका बाट सेप्टम्बर ८ मा बन्दुक चलाए लेखेका छन् l

यसति ,आफुलाई नुहाउन स्नान ग्रिह चाहिएको थियो l आफुले बन्दुक लिएको र अनियतिपूर्ण हिसाबले बन्दुक पर्खाल बाट बालबालिका माथि चलाए l तर आफु बालबालिका को हेरचाह गरि रहेको थिए l अरिजोना राज्यमा सेप्टेम्बर ८ तारिखमा घटना घटेको हो l

यस्तै गरि दाह संस्कार समारोहमा मंसी जम्मा भएका थिए र ठुलो स्वरमा संगीत बजाईएको थियो l आफुलाई त्यसको अनादर गरेको महसुस भयो र आफुले चालक र एक यात्रुलाई बन्दुक चलाए भनेका छन् l इलिनोई (सिकागो )राज्यमा सेप्टेम्बर ११ तारिखमा यस्तो घटना घटेको हो l

अर्को ,अमेरिकन फुटबल खेलाडीहरुले आफुलाई भोजबाट जान भने र रिसले आफुले दुवै जनालाई बन्दुक चलाएको कबुलेका छन् l सेप्टेम्बर १२ तारिख अमेरिकाको उथाह राज्यमा यस्तो घटना हुन् पुगेको छ l

यस्तै गरि , मलाई भोजको संगीत छनौट मन परेन र मैले रिसले ३ जनालाई बन्दुक चलाए र हत्या गरि दिए l आफुले पनि हत्या गरे भनि सरल रुपमा लेखेका छन् l अमेरिकाको लस एन्जेलसमा सेप्टेम्बर १३ तारिख घटेको घटना हो l

आस्चर्यजनक घटना ,मैले ४३ बर्षिय मानिसलाई लोखर्के सम्झेर गोलि हानेको भनेका छन् l सेप्टेम्बर १३ मा विस्कनसिन राज्यमा घटेको घटना हो l

अमेरिकामा अनर्थक रुपमा बन्दुक खेलाई यसरि गर्छन हत्या
यस्तै गरि मेरो प्रेमिका संग विवाद भए पछि म ईशाई मन्दिर गए र उनको ,पादरी र बच्चाको हत्या गरे भनेका छन् lअलाबामामा सेप्टेम्बर २० तारिख घटेको घटना हो l

यस्तै गरि ,आफुले कसैले कार उठाउदै गरेको यन्त्र (कार ज्याक ) देखे र मैले बन्दुक अन्धा धुन्द चलाए l उसको टाउकोमा प्रहार गरेको कबुलेका छन् l टेक्सासमा सेप्टेम्बर २६ तारिख भएको घटना भएको हो l

अर्को ,मैले गाडी कुदाई रहेको अवस्थामा अति नजी बाट अर्को गाडी कुदाएको देखेर मैले गोलि हानेको कबुलेका छन् l
उक्त घटना टेक्सास राज्यमा सेप्टेम्बर २८ मा घटेको घटना हो l

यस्तै गरि , एउटा चित्रकारले पर्खालमा चित्र कोरी रहेको अवस्थामा मैले देखे र उ संग बाद विवाद भयो l मैले बन्दुक हाने भनेका छन् l क्यालिफोर्नियामा सेप्टेम्बर २९ तारिखमा घटेको घटना हो l

यी सबै घटना केवल सन् २०१५ को सेप्टेम्बर मा मात्र घटेको घटना हो l यस बाट हामी अनुमान गर्न सक्छौ कि अमेरिकामा एक महिना र एक बर्षमा कती यस्ता घटना बाट निर्दोषहरुको अकाल ज्यान जाने गर्दछ l यस्ता घटनामा कोहि नपरुन र कसैले दुख भोग्नु नपरोस

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

दशैं

आज महानवमी पर्व : दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै...

ज्योति

ज्योति मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै

सपनाको शहर काठमाडौँ जहाँ दैनिक हजारौं मानिस आफ्नो सपना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK