अमेरिकामा अग्रज साहित्यकारहरु सम्मानित

ENGLISH

NRN GLOBAL

अमेरिकामा अग्रज साहित्यकारहरु सम्मानित

15 June, 2016 | Bipin Acharya | 605 Views | comments

अमेरिकाको भर्जिनियामा सेंटिल्लीमा आयोजित एक बिशेष साहित्यिक कार्यक्रममा अग्रज साहित्यकारहरु क्रमश: दिनेश अधिकारी, एल बि क्षेत्री र डा. रघुनाथ अर्याललाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंगटन डिसी मेट्रो कमिटीका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले सम्मान गर्नुभयो ।

1753168740

डायस्पोराका साहित्यिक हिरो होमनाथ सुबेदीले यो कार्यक्रम बिशेष प्रकारको र सदा भन्दा फरक भन्दै कार्यक्रमका अतिथिहरुलाई समर्पण गरी कविता बाचन गर्नुभएको थियो भने सम्मानित साहित्यकार त्रय: अधिकारी, क्षेत्री र अर्यालले सम्मान पछि नेपाली भाषा साहित्य कलाका बारेमा मन्तब्य राख्दै कविताहरु बाचन गर्नुभएको थियो ।

साहित्यकारहरु हेमन्त श्रेष्ठ, रामप्रसाद खनाल, बासु श्रेष्ठ, नारायण अधिकारी, प्रेम सङ्रौला, भूपनारायण घर्ति मगर, रबिन्द्र श्रेष्ठ, परशु श्रेष्ठ, नीरा शर्मा, पुरु सुबेदी, चेतन सिटौला, रजनी श्रेष्ठ, कल्पना सुबेदी लगायत आदिले आ आफ्ना कविता बाचन गर्नुभएको थियो ।

कार्यक्रममा मन्जु सङ्रौला, खेम संग्रौला, मन कुमारी थापा र रामप्रसाद खनालले गीत गाउनु हुँदा माहोल रँगिन लाग्दथ्यो । बिशेष गरी अतिथिहरु दिनेश अधिकारी र एल बि क्षेत्रीका कविता एक पछि अर्को गर्दै जाँदा सहभागीले कविताको आज बेग्लै मज्जा पाइयो भन्दै कवितामा मनमुग्ध देखिन्थे । अनेसास वाशिंगटन डिसी मेट्रो कमिटीका तर्फबाट आयोजित यो कार्यक्रममा खुल्ला गरिएको थिएन करिब चार दर्जन साहित्यिक क्षेत्रका पात्रहरु कार्यक्रममा सहभागी थिए ।

कार्यक्रमको अन्त्यमा कविडाँडा साहित्य समाज चितवनका तर्फबाट अग्रज कवी एल बि क्षेत्रीले अनेसासका वाशिङटन डिसी अध्यक्ष खनाललाई मायाको चिनो र केही पुस्तकहरु उपहार प्रदान गर्नुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK