अमेरिकाभर उभौली साकेला पर्व २०७४ धुमधामका साथ मनाइने

ENGLISH

NRN GLOBAL

अमेरिकाभर उभौली साकेला पर्व २०७४ धुमधामका साथ मनाइने

11 May, 2017 | Bipin Acharya | 690 Views | comments

अमेरिकाभर किराँत राईहरुको महान उभौली साकेला पर्व २०७४ धुमधामका साथ मनाइने भएको छ ।

उक्त पर्वको आयोजना ब्क्रोआ नामक संस्थाले गर्न लागेको हो । मौलिक संस्कार,सँस्कृति, प्राचिन धार्मिक आस्था,रीतिरिवाज,भाषिक विविधतालाई जगेर्णा र किराँत समुदायको उत्थानका साथै अन्य समुदायहरु संग धार्मिक सहिष्णुता,सामाजिक मेलमिलाप र अन्तर-सामुदायिक भ्रातृत्वको स्थापना गर्ने उद्देश्यका साथ २०१४ मा ब्क्रोआ को स्थापना गरिएको हो ।

प्रत्येक वर्षको वसन्त ऋतुको हरियाली पलुवाको प्रारम्भसंगै बोटबिरुवा,पशुपन्छि र मानिसहरुमा कुनै प्रकारको संकट,दैवी प्रकोप र रोग व्याधि नलागोस भनि जननी प्रकृतिको पुजा आराधना गर्दै सारा श्रृष्टिमा सुख शान्ति, र समृद्धि होस भन्दै अनेक वन्यजन्तु र चराचुरुंगीहरुको विविध हाउभाउहरुलाई कलात्मक ढङ्गले गोलो घेरामा हर्षोउल्लासको साथ सामुहिक रुपमा पितृदेवलाई पुकार्दै नाचिने प्रख्यात साकेला चाड यस वर्ष पनि ब्रोकाले बिभिन्न शाखाहरुमा बृह्त रुपमा मनाउने निर्णय गरेको छ ।

जस अनुसार मेरील्याण्ड राज्यको रिभारदिएलमा मई २० तारिक, पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया शहरमा २७ तारिक, पेन्सिलभेनिया राज्यको इरि शहरमा, र मासाचुसेट्स राज्यको स्प्रिंगफिल्डमा शहरमा २८ तारिक र जुन १०मा ओहायो राज्यको सिन्सिनाटि शहरमा केन्द्रिय स्तरको साकेला आयोजना हुँदैछ ।

उक्त साकेला उत्सावमा विभिन्न राज्य र शहरहरुबाट साकेला नृत्य गर्ने टोलिहरुले साकेला प्रस्तुत गर्नुका साथै बिभिन्ना कलाकारहरुबाट साँस्कृतिक प्रस्तुति तथा झाँकिहरु प्रस्तुत गर्ने छन । कार्यक्रममा उपस्थित भई सोभा बढाइदिन आयोजकले सबै नेपालीलाई अनुरोध समेत गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK