अमेरिकाबासी याक्थुम्बाहरुले सिसेक्पा तंङ्नाम ५०७७ मनाए

ENGLISH

NRN GLOBAL

अमेरिकाबासी याक्थुम्बाहरुले सिसेक्पा तंङ्नाम ५०७७ मनाए

18 July, 2017 | Bhawana Pathak | 555 Views | comments

किराँत याक्थुम चुम्लुङ्ग अमेरिकाको क्यालिफोर्निया शाखाको आयोजनामा क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को बे एरिया आसपासमा बसोबास गर्ने किराँत याक्थुम्बाहरुले उनीहरुको मौलिक राष्ट्रिय चाँड “सिसेक्पा तंङ्नाम हिजो जुलाई १५ तारिख शनिबारका दिन अलामेदा शहरको वाशिंङ्टन पार्कमा भब्य र शभ्य तरिकाले धुमधाम संग मनाएको खबर प्राप्त भएको छ l

सिसेक्पा तंङ्नाम अर्थात साउने संक्रान्तीको धार्मिक तथा संस्कृतिक महत्व वा महिमा त आफ्नो ठाउँमा छदैछ साथ साथै यी र यस्ता मौलिक परम्परा बोकेका चाँडबाँडहरुले हामीलाई विदेशमा धेरथोर जे भए पनी एकजुट हुने अवसर जुराईदिने गरेको हुन्छ l यी र यस्तै कुरा महसुस गरि बर्षौ अघिदेखि बर्षेनी यसरीनै सिसेक्पा तंङ्नाम मनाउँदै आईरहेका छन यहाका याक्थुम्बा समुदायले, यो बर्ष पनि त्यसैको निरन्तरता हो l

सो कार्यक्रममा आफ्नो मौलिक भेषभुषामा सजिएर आएका याक्थुम्बाहरुले सामुहिक रुपमा सहभोजगरि आफ्नो भाषा संस्कृति माथि विचार बिमर्स गर्दै, परम्परागत नाँचगान ( धाननाच )मा रमाउदै तथा भाबीनीतिको बारेमा छलफल गरि संस्थाको नयाँ कार्य समिति समेतको चयन गरे l टंक फोम्बोको संयोजकत्वमा गठित निर्बाचन मण्डलले अध्यक्ष एल. बि. नेम्बांङ्, उपाध्यक्ष मनिराज चोङ्बाङ्, महिला उपाध्यक्ष लिली सुब्बा, सचिब ज्ञानेन्द्र योङ्हांङ, सह- सचिब ताराहाङ् नेम्बांङ, कोषाध्यक्षमा सुमेरु फोम्बो र सदस्यहरुमा क्रमस गणेश बरुहाङ, दुर्गा जबेगु, राजु सुहांङ, ज्ञानेन्द्र चेम्जोङ्, ज्वाला सम्बाहाम्फे, भिम मादेम्बा र तारा लिबांङलाई संस्थाको नयाँ कार्यसमितिको रुपमा निर्बाचित गरेको जनाइएको छ l

कार्यक्रममा आयोजकको तर्फबाट स्वागत मन्तब्य मनिराज चोङ्बाङ्ले दिनु भएको थियो भने अथितिको रुपमा पाल्नु भएका न्यान्सका अध्यक्ष रबिन्द्र राई, जनजाती महासंघका क्यालिफोर्निया शाखाका निबर्तमान अध्यक्ष रेशम तामांग र जनजाती महासंघ क्यालिफोर्नियाका निबर्तमान अध्यक्ष डेन्डी शेर्पा र युनाइटेड किराँत राई एसोसिएसन क्यलिफोर्नियाका उपाध्यक्ष जोर राइले शुभ कामना दिनुको साथै आफ्नो भनाइहरु समेत राख्नु भएको थियो l
उक्त एतिहासिक संस्कृतिक जमघटको संयोजन लिली सुब्बाले, संचालन ताराहाङ् नेम्बांङले र सभापतित्व श्री रोशन सुब्बा लिबांङ ज्यु ले गर्नु भएको थियो l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK