अमेरिकाबाट बालबाटिका निर्माणका लागि आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

अमेरिकाबाट बालबाटिका निर्माणका लागि आर्थिक सहयोग

12 July, 2017 | Bipin Acharya | 835 Views | comments

अमेरिकाबासी स्थानीयहरुले बूढानिलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा बालबाटिका निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । बूढानिलकण्ठ नगरपालिका– ११ का स्थानीय समाजसेवी इच्छाराम खड्काले सार्वजनिक प्रयोजनका लागि दान गरेको ७ आना जमिन फोहोर फाल्ने भिरका रुपमा परिणत भएपछि उक्त जमिनमा सुविधायुक्त बालबाटिका निर्माण गर्ने परिकल्पनाअनुसार अमेरिकाबासी कपनका केही स्थानीयहरु सारथि बनेका हुन् ।

वैदेशिक रोजगारअन्तर्गत केही वर्ष दुबईको अनुभव हासिल गरेर मातृभूमि फर्किएका स्थानीय सुदर्शन केसीको संयोजनमा निर्माणाधीन बालबाटिकाका लागि अमेरिकाबासी कपनका स्थानीयले २ लाख ४० हजार सहयोग गरेका छन् ।

कोलोराडोमा बसोबास गर्ने विदुर खड्का ५१ हजार, न्यूयोर्क बसोबास सञ्चारकर्मी विजय पौडेल ५१ हजार, अर्कन्सासका सरोज सिग्देल ५१ हजार, न्यूजर्सीका शेखर पौडेल १० हजार, इन्डियानामा परिवारसहित बसोबास गर्दै आएका सुमन भण्डारी १० हजार, कोलोराडोमा बसोबास गर्ने विकास खड्का १० हजार, टेक्सास डलास बस्ने केदार तिमिल्सिना १० हजार, कपनका पूर्वगाविस उपाध्यक्ष कनेक्टिकट निवासी रामहरि भण्डारीले २५ हजार, भर्जिनिया निवासी वसन्त बुढाथोकीले १० हजार र सुनिल बुढाथोकीले १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् ।

बाटिका निर्माण संयोजक सुदर्शन केसीले नेपालकै नमूना बाटिका बनोस् भन्ने हाम्रो चाहना र लक्ष्य भएको बताए । उनले भने– ‘७ आना जमिनमा पनि कस्तो पार्क बन्दो रहेछ भनेर हामी देखाउन चाहन्छौं ।’ केसीले ४ जना बालबालिका एकै पटक खेल्न मिल्ने जाँते पिङ, साधारण पिङ, आइरन ट्री, टेबुल टेनिस कोर्ट, कुर्सीहरुको साथमा प्रशस्त फूल, बिरुवा पनि पार्कमा लगाउने योजना रहेको बताए ।

‘पार्कका लागि अहिलेसम्म बूढानिलकण्ठ नगरपालिकाले भने ३ लाख बजेट मात्र उपलब्ध गराएको छ’, उनले भने– ‘अमेरिकाबाट गाउँका दाजुभाइ, दिदीबहिनीहरुले झण्डै अढाई लाख पठाउनुभएको छ, हामी अझै बजेट संकलन गर्दै छौं । सम्भव भए वाटर फाउण्टेन पनि बनाउँछौं ।’

सुविधासम्पन्न बालबाटिका सबै उमेरसमूहका लागि समय बिताउने थलो हुनेछ भने ५० जनासम्म क्षमताको कार्यक्रम स्थलसमेत बनाउने लक्ष्य रहेको छ । बाटिका निर्माण सहयोग संकलनका लागि अमेरिकामा सञ्चारकर्मी विजय पौडेलले संयोजन गरेका हुन् । बाटिका केही महिनाभित्रै सम्पन्न हुने निर्माण समितिले जानकारी दिएको छ । स्थानीय पैपुटारबासीहरु दिनभर उत्साहसाथ जनश्रमदानका लागि खटिइरहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK