अमेरिकाबाट नेपालमा दमकल तथा एम्बुलेन्स पठाइने

ENGLISH

NRN GLOBAL

अमेरिकाबाट नेपालमा दमकल तथा एम्बुलेन्स पठाइने

11 June, 2016 | Sandeep Bhattarai | 575 Views | comments

नेसनल डेभलपमेन्ट इन्सटिट्युट (आईडिआई) को पहलमा भर्जिनियामा फेयरफ्याक्स अग्नि नियन्त्रण तथा उद्धार समुह संग गत जुन ९ तारिख नेपालमा आयोजना हुने एक्सप्लोर हिमालयज कार्यक्रम सम्पन्न भएको छ l

am

कार्यक्रमको मुख्य उद्देश्य भनेको युद्धमा घाईते तथा अपांग भएका पन्ध्र वटा नायक योद्धा सैनिकहरुलाई नेपालको पैदल यात्रामा लैजानु रहेको छ l यस कार्यक्रमले अपांग बारेमा जनचेतना जगाउनुको साथै सामाजिक उत्तरदायित्व बारे केन्द्रित रहनु पनि रहेको आयोजकले बताएका छन् l

उक्त अन्तरक्रिया कार्यक्रममा एक्सप्लोर हिमालयजले अग्नि नियन्त्रक को बारेमा प्रकाश परेको थियो भने कसरी जोखिम घटाउने तथा उद्धार गर्न सकिन्छ भन्ने बारेमा जानकारी गरायो lअन्तरराष्ट्रिय विकास संस्था (आईडिआई)का संस्थापक सुमन तिम्सिनाले कार्यक्रम बारे बिस्तृत जानकारी गराए भने कार्यक्रममा सोरवे फाउनडेसन,अप्रेसन नमस्ते तथा फोर सिजन ट्रावल्सले पनि यात्रा आदि इत्यादी बारेमा जानकारी दिएको थियो l

उक्त कार्यक्रममा नेपालका लागि पूर्व अमेरिकन राजदुत स्कट एच डेलिसीले घाइते योद्धा कार्यक्रमको बारेमा जानकारी गराएका थिए l कार्यक्रममा नेपालको लागि हाल सम्म १० वटा दमकल तथा २ वटा एम्बुलेन्स संकलन गरि सकिएको जानकारी दिइएको छ l र उक्त दमकल तथा बिरामी बाहक यान (एम्बुलेन्स) डिसेम्बर २०१६ सम्म नेपाललाई हस्तान्तरण गरिने भएको छ l

उनले आफ्नो भनाई राख्दै विभिन्न संघ तथा संस्थाको सहयोगबाट सम्भव भएकोले काठमाडौँमा विश्व स्तरीय उच्च अग्नि नियन्त्रक तथा उद्धार केन्द्र बनाउने योजना रहेको बताए l सुमन तिम्सिनाले कार्यक्रम संचालन गरेका थिए भने उनले फेयर फ्याक्स अग्नि नियन्त्रण तथा उद्धार समुह संग काधमा काँध मिलाएर काम गर्न चाहेको बताए l

कार्यक्रममा ३ वटा संक्षिप्त वृतचित्र प्रदर्शन गरिएको थियो भने उक्त कार्यक्रममा आईडिआईका परशु नेपाल ,संचारकर्मी राम चन्द्र खरेल ,राजिव लामिछाने ,देशराज संयोक लगायत २५ जना अग्नि नियन्त्रकको उपस्थिति रहेको थियो l

आईडिआईले जून महिना भित्र वाशिंगटन डिसी ,शिकागो, इन्डीयना ,ओहायो ,बोस्टन तथा न्युयोर्कमा सूचनात्मक कार्यक्रम तय गरेको छ।

यो पनि हेर्नुस – रक्तदातालाई न्यूयोर्क मेयरको सम्मान

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK