अमेरिकाबाट एक सय एक जना उत्कृष्ट नेपाली चुन्ने अभियान सुरु

ENGLISH

NRN GLOBAL

अमेरिकाबाट एक सय एक जना उत्कृष्ट नेपाली चुन्ने अभियान सुरु

11 November, 2017 | Kunjar Bhattarai | 1135 Views | comments

 

विजय थापा -अमेरिकाबाट नेपालीको पहिचान बनाउने नेपालीहरुको खोजी गरी १०१ (एक सय एक) जना उत्कृष्ट नेपाली चुन्ने अभियानको सुरुवात गरिएको छ ।

यसको श्रीगणेश १०१ नेपाली डटकमले गरेको हो । मौलिक नेपाली चिनारी, नेपालित्व, र नेपालीपनका लागि योगदान दिएका हजारौं लाखौं नेपालीहरुबाट १ सय १ नेपाली छान्न लागिएको हो । विगतदेखि वर्तमानसम्म नेपालको इतिहास र वर्तमानसँग जोडिएकाव्यक्तित्वहरुबाट त्यो सुची तयार पारिनेछ । जसमा पृथ्वीनारायणदेखि प्रचण्डसम्म पर्न सक्ने छन् । १ सय १ नेपाली मनोनयन आवेदन पत्र लागि यहाँ थिच्नु होला ।

https://www.101nepali.com/101-nepali-all-time

यसको लागि १ सय १ नेपाली छनौटका लागि मनोनयन आवेदन पत्र खुली सकेको छ । एक सय एक नेपाली डटकममा गएर आफूले चाहेको व्यक्तिलाई नामांकन गर्न सकिनेछ । त्यस्तै एकसयएक एनआरएन नेपाली र एकसयएक अमेरिकन नेपालीका लागि समेत नोमिनेशन फर्म (मनोनयन आवेदन पत्र )खुला गरिएको छ । एकसय एक नेपाली महिलाका लागि भने निकट भविष्यमा मनोनयन आवेदन पत्र खुला गरिने तयारी भइरहेको छ । नामांकनको प्रकृया पूरा भइसकेपछि एकसय एक नेपालीका सम्पादक, जनमत सर्वेक्षणकर्ताहरु, सल्लाहकारहरु, विद्धानहरु लगायतको सहयोगमा उत्कृष्टबीच पनि उत्कृष्टहरु छनौट गरिनेछ । त्यसका लागि अनलाइन (विधुतीय )सर्वेक्षण, सामाजिक सञ्जालमा गरिएको पोष्ट, लाइकहरु, गुगल लगायतका सर्च इन्जिनका रिपोर्टहरु, वीकीपिडियामा सुचीकृत सामाग्रीहरु, उनीहरुका बारेमा प्रकाशित सामाग्रीहरु, सामाजिक क्षेत्रमा दिएको योगदान लगायतलाई आधार बनाइनेछ ।

यो अभियानको औपचारिक सुरुवात आगामी डिसेम्बर २ मा न्युयोर्कमा युएसनेपाल अनलाइनको बार्षिकोत्सवका बीच गरिनेछ । एक सय एक नेपालीका संस्थापक तथा प्रोफाइल एडिटर प्रदीप थापामगर हुन् भने प्रमुख जनमत सर्वेक्षणकर्ता अन्जन श्रेष्ठ हुन् । त्यस्तै आउटरिच एडिटर किशोर पन्थी हुन् भने योगदान दिने एडिटरहरुमा विजय थापा, कृष्ण केसी, निमा पाख्रिन, सुरेश वाग्ले, लिला लिम्बु, दीपक परियार र मच्छे गुरुङ रहेका छन् । त्यस्तै योगदान दिने फोटोग्राफर बिमल नेपाल रहेका छन् भने कानुनी सल्लाहकार विनोद रोका रहेका छन् । अभियानका सल्लाहकारहरुमा भुवन थापा, विश्व शाह, विश्वदीप तिगेला, धरम विश्वकर्मा, दुर्गेश कार्की, गोपाल विश्वकर्मा, खगेन्द्र लुईटेल, लिला लुइटेल, लिला राई, मानबहादुर रानामगर, नरेन्द्र राज प्रसाई, पासांग दोर्ची शेर्पा, रविन कुमार कोइराला, राम खत्री, रञ्जु वाग्ले थापा, सन्तोष थपलिया, ससांग लामा, उर्गेन शेर्पा र युवराज सिंह कार्की रहेका छन् ।

एनआरएनएद्वारा बाढीपहिरो पीडित सहयोगार्थ रकम संकलन अभियान सुरु

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK