अमेरिकाको वोस्टनमा श्रीमद् भागबत सप्ताह

ENGLISH

NRN GLOBAL

अमेरिकाको वोस्टनमा श्रीमद् भागबत सप्ताह

10 July, 2017 | Bipin Acharya | 720 Views | comments

अमेरिकाको बोस्टनस्थित शिवालय मन्दिरमा नेपालीलाई लक्षित गरी अगस्ट ६ देखि १२ सम्म साताव्यापी श्रीमद् भागबत सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब हुदैछ । बोस्टनमा नेपालीको सख्या उल्लेख छ ।

बोस्टनमा पशुतिपतिनाथको मन्दिर र भगवान बुद्धको स्तुप सहितको सामुदायिक भवन स्थापना गर्ने उद्देश्यले श्रीमद् भागवत सप्ताह गर्न लागिएको हो । यसको लागि पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइंगल्यान्ड स्थापना भएको थियो । सप्ताहमा वाचनप्रवीण दीनबन्धु पोख्रेलको प्रवचन हुनेछ । यस सप्ताहलाई सफल बनाउन शुशिल पौडेलको संयोजकत्वमा बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित एक हजार एक सदस्यीय मुल समारोह समिति गठन गरेको महासचिव पुष्कर न्यौपानेले वताए ।

आफ्नो संस्कृति, धर्मकर्म, रीति तथा परम्पराको निरन्तरताको लागि मन्दिर तथा सांस्कृतिक केन्द्रको आवश्यकता महसुश हुँदै आएको समितिले जनाएको छ । सप्ताहमा न्यू इङ्गल्यान्ड क्षेत्रमा बस्ने नेपालीभाषीको उल्लासपूर्ण सहभागिता रहने अपेक्षा गरिएको प्रवक्ता गौरव थपोलियाले वताए ।

सप्ताहमा भागवत पुराण तथा कथा वाचन, बौद्ध तथा किराँत धर्म शिक्षा, कलश यात्रा तथा झाँकी प्रदर्शन, लामा पाठ, रुद्री तथा चण्डी पाठ, ब्रज्रयान गुरूजू पूजा, गुन्यू चोलो , सामुहिक ब्रतबन्ध, ब्रत, लाखबत्ती, तुला दान, दश दान, मूर्ति प्राण प्रतिष्ठा, अखण्ड ध्यान रिले मेडिटेशन समारोह हुने समितिका कोषाध्यक्ष रञ्जन थापाले वताए । यसको लागि १.५ मिलियन डलर खर्च हुने अनुमान गरिएको छ ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK