अमेरिकाको वाशिंगटन राज्यमा नेपाली भाषा अंगीकृत

ENGLISH

NRN GLOBAL

अमेरिकाको वाशिंगटन राज्यमा नेपाली भाषा अंगीकृत

3 June, 2016 | Sandeep Bhattarai | 580 Views | comments

lawअमेरिकाको वाशिंगटन राज्यमा नेपाली भाषामा लेख्न तथा बोल्न दक्ष हुने विद्यार्थीलाई सुवर्ण अवसर प्राप्त हुने भएको छ l विश्व भाषा योग्यता परिक्षण तथा विश्व भाषा क्रेडिट कार्यक्रम अन्तर्गत जो विद्यार्थी अंग्रेजी भाषा बाहेक अन्य भाषा बोल्न तथा लेख्न जान्दछ उनीहरुले उच्च माध्यमिक विद्यालय तथा महा विद्यालयमा विश्व भाषा ख्याती (क्रेडिट )प्राप्त गर्न सक्ने भएका छन् l

वाशिंगटन राज्य नेपाली भाषालाई अङ्गीकार गर्ने पहिलो राज्य बनेको छ l नेपाली समुदायको लागि खुसिको बिषय भएको छ l जुन बिद्यार्थीले राष्ट्रिय स्तरको मान्यता प्राप्त क्षमता प्रदर्शन मुल्यांकनमा योग्य साबित गर्छ उसले उच्च माध्यमिक विद्यालयको अनुलिपि (ट्रान्सक्रिप्ट) मा राम्रो ख्याती प्राप्त गर्ने छ l

यो शिशु कक्षा देखि १२ कक्षा सम्मलाई लागु भएको छ l यसको मुख्य उद्देश्य एक भन्दा बढ्ता भाषा बोल्न जान्ने लाई समर्थन गर्दै पद्धतिलाई विकास गर्नु रहेको छ l

वाशिंगटन राज्यमा नेपाली भाषालाई अंगीकृत गराउने श्रेय वाशिंगटन राज्यका गभर्नर जे इन्सलीले गरेका हुन् वाशिंगटन राज्य व्यवस्थापिकाले यसलाई मान्यता दिदै अन्य भाषाहरु झैँ नेपाली भाषालाई अंगिकार गरेको हो l

नेपाली भाषालाई यसरि आफु बसेको राज्यमा सरकारको तर्फबाट मान्यता दिनुको साथै अङ्गीकार गर्नु भनेको अमेरिकामा रहेका सबै नेपालीको शिर उच्च भएको एसिया प्रशान्त अमेरिकी मामिला आयोग आयुक्त मोहन गुरुङले बताए l

वासिंटन राज्यका यिनै गभर्नर जे इन्सलीले गुरुङलाई कमिसन अन एसिया प्यासिफिक अमेरिकन एफियर्स कमिसन पदमा नियुक्त गरेका थिए l सन् १९९३ देखि अमेरिकामा बस्दै आएका गुरुङ स्वास्थ्य तथा समाज सेवाको क्षेत्रमा निकै क्रियाशील भएको कारण उनि त्यो पदमा पुग्ने पहिलो नेपाली हुन् l र यस्को लागि गुरुङ धेरै वर्ष देखि निरन्तर रुपमा लागि रहेको बताए l

vic

स्याङ्जा, पेल्का चौर गाविसमा जन्मिएका गुरुङले विशेष गरी शिक्षा, स्वास्थ्य, आर्थिक विकास, मानवीय सेवालगायतका क्षेत्रको विकासमा योगदान पु-याएका छन् । गुरुङ नेपाल–सियाटल सोसाइटीका संस्थापक एवं अध्यक्ष समेत रहेका गुरुङ अमेरिकामा नेपाली संस्कृति, परम्पराको जगेर्ना गर्ने र नयाँ पुस्तालाई त्यसप्रति सजग गराउने कार्यमा पनि जुटी रहेका छन् । र ,नेपाली भाषालाई पनि स्थान दिएकोमा हर्ष लागेको भन्दै अन्य राज्यहरुमा बस्ने नेपाली समुदायले पनि यस्तो पहल गरे सबैलाई राम्रो हुने गुरुङले बताए l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुसाङमा पुल निर्माण

छुसाङमा पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल...

aadittiya-song

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत...

greenlie-uae-nrna

ग्रिनलाइले यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमती

एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई ग्रिनलाइले हवाई टिकटमा पाँच प्रतिशत...

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK