अमेरिका भ्रमणमा रहेका नेपाल सकारका अर्थमन्त्री डा युवराज खतिवडासँग अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली राजदूतावासको समेत सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो।

अमेरिकाको वाशिंगटन डिसीमा अर्थ मन्त्री डा खतिवडासँग ईन्जाको अन्तरक्रिया

ENGLISH

NRN GLOBAL

अमेरिकाको वाशिंगटन डिसीमा अर्थ मन्त्री डा खतिवडासँग ईन्जाको अन्तरक्रिया

10 August, 2018 | Reeta Shrestha | 9365 Views | comments

अमेरिका भ्रमणमा रहेका नेपाल सकारका अर्थमन्त्री डा युवराज खतिवडासँग अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली राजदूतावासको समेत सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो।

कार्यक्रममा आफ्नो भ्रमणको उदेश्यका बारेमा प्रकाश पार्दै अर्थ मन्त्री डा खडिवडाले नेपाल सरकारको आर्थिक नितिका बारेमा सरोकारवाला दाताहरूसंग  अन्तरक्रिया गरी प्राथमिकताका कार्यक्रमहरू र आवश्यक सहयोगको जानकारी र अनुरोध गरेको बताए। सो अवसरमा पत्रकारहरूले सोधेको प्रश्नमा जानकारी दिदै डा खतिवडाले भने, नेपालको दिगो विकासकालागी सहकार्य र सहयोग गर्दै आएको विश्व वैंकका पदाधिकारीहरू लाई प्रस्तावित निति तथा कार्यक्रमहरूमा जानकारी गराईएको छ।

साथै, नेपाल सरकारको आर्थिक कार्यक्रम अनुरूप तत्काल चालु आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्व बैंकले परियोजना विकासमा समेत सहयोग गर्न नेपाल सरकारका तर्फबाट अनुरोध गरिएको अर्थ मन्त्री डा खतिवडाले जानकारी गराए। तीन दिनसम्म चलेको नेपाल र विश्व बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको जानकारी गराए।

विश्व बैँकसँग बुधवार सम्पन्न भएको बैठकले नेपालको लगानी सम्बन्धी ढाँचा पारित गर्ने र नेपाल र नेपालीका लागी सहयोग प्राप्त हुने अपेक्षा गरेको बताए। कार्यक्रममा ईन्जाका प्रमुख संरक्षक राम चन्द्र खरेलले अर्थ मन्त्री डा खतिवडालाई स्वागत गर्दै नेपाल र नेपाली जनताको हितमा ईन्जाले सदैव आफ्नो सहयोग र सदभाव राख्ने बताए।

ईन्जाका सल्लाकार हरि अधिकारले नेपाल सरकारले जनताको जिवनस्तर उकास्नकालागी अपनाउनु पर्ने आधारभूत आर्थिक नितीका बारेमा सुझाव पेश गरेका थिए।  ईन्जाका अध्यक्ष गुणराज लुईटेलले संस्थाको परिचय दिंदै विश्व भरी छरिएका नेपाली संचारकर्मीहरू लगायत सरोकारवाला संघ संस्थाहरूलाई आवश्यक सहयोग प्रदान गर्न पॉचै महासागरिय नेटवर्किंगको काम सम्पन्न भएको जानकारी गराए।

ईन्जा अमेरिकामा दर्ता भएको एउटा गैर नाफामूलक संस्था हो र यसले एउटा डोनर एजेन्सीका रूपमा कार्य गर्ने भएकाले यसका कार्यक्रमहरू अमेरिका लगायत विभिन्न मूलुकहरूमा संचालन गरिने हुँदा आफू नेपाल सरकार र सरोकारवाला संघ संस्थाहरूसंग सहकार्य गर्न उत्साहित भएको जानकारी गराए। उक्त कार्यक्रममा ईन्जाका पदाधिकारीहरू, डिसी मेट्रो क्षेत्रका पत्रकारहरू, अनलाईन मिडियाहरू लगायत स्थानीय वुद्धिजिविहरूको बाक्लो उपस्थिती रहेको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK